इरानद्वारा अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार « Khabarhub

इरानद्वारा अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- इरानले अमेरिकी आक्रमणको जवाफमा जोर्डनमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ। पछिल्लो घटनाले छ महिनादेखि जारी अमेरिका–इरान द्वन्द्वमा पुनः तनाव बढाएको छ।

इरानको शक्तिशाली इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले जोर्डनमा रहेका दुई अमेरिकी हवाई अखडालाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गर्दा ठूलो क्षति पुगेको दाबी गरेको छ। यद्यपि, जोर्डनको सेनाले आठवटा क्षेप्यास्त्रलाई लक्ष्यमा पुग्नुअघि नै निष्क्रिय पारेको जनाएको छ।

यसअघि आइतबार अमेरिकाले होर्मुज जलसन्धिमा रहेको एउटा सानो टापुमा इरानी रकेट प्रक्षेपण केन्द्रलाई लक्षित गरी सैन्य कारबाही गरेको थियो। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार जलसन्धिमा तत्काल खतरा उत्पन्न गरिरहेका आईआरजीसीका समुद्री बारुदी सुरुङ बिछ्याउने फौजविरुद्ध सीमित र सटीक कारबाही गरिएको हो।

अमेरिकी सेनाका अनुसार होर्मुज जलसन्धिको अन्तर्राष्ट्रिय जलमार्गमा बिछ्याइएका समुद्री बारुदी सुरुङ हटाउने काम गत साता पूरा भएको थियो। इरानलाई पुनः त्यस्ता सुरुङ बिछ्याउनबाट रोक्ने उद्देश्यले पछिल्लो कारबाही गरिएको अमेरिकी पक्षको भनाइ छ।

आईआरजीसीले अमेरिकी आक्रमणमा क्षति पुगेको पुष्टि गर्दै जोर्डनस्थित अमेरिकी सैन्य अखडामाथिको क्षेप्यास्त्र प्रहार त्यसैको प्रतिकार भएको जनाएको छ।

अमेरिका–इरान युद्ध छ महिना पुगेको र पछिल्ला दिनमा शत्रुतापूर्ण गतिविधि केही मत्थर हुँदै गएको अवस्थामा पछिल्लो घटनाक्रम भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले पछिल्ला सातामा इरानविरुद्ध प्रत्यक्ष सैन्य कारबाहीभन्दा आर्थिक दबाबलाई प्राथमिकता दिँदै आएको बताइएको छ।

यसैबीच, पाकिस्तान र कतारलगायतका मध्यस्थकर्ताले युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास जारी राखेका छन्। अप्रिलमा युद्धविराम भए पनि त्यसयता स्थायी शान्ति सम्झौता हुन सकेको छैन।

होर्मुज जलसन्धिमा जारी अवरोधले विश्वव्यापी ऊर्जा आपूर्तिमा समेत असर पारेको छ। अमेरिकी आक्रमणको खबरपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९० अमेरिकी डलर तथा वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) को मूल्य ८५ डलरभन्दा माथि पुगेको छ।

यसैबीच, लामो समयदेखि जारी युद्धप्रति अमेरिकी जनतामा असन्तुष्टि बढ्दै गएको बताइएको छ। आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनले राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीमाथि थप राजनीतिक दबाब सिर्जना गर्न सक्ने विश्लेषण गरिएको छ।

अमेरिकी सिनेटर ज्याक रीडले छ महिनासम्म चलेको युद्धपछि पनि स्पष्ट उद्देश्य हासिल हुन नसकेको भन्दै ट्रम्प प्रशासनको सैन्य नीतिको आलोचना गरेका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  १ : २६ बजे

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

नेपालगञ्ज– ‘छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर फोनमा

रसुवा बाढी पीडितको राहत र उद्धारमा प्रश्न उठिरहेका बेला रवि र बालेनबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी

नेप्सेमा गयो पहिरो, ४९० अंकले घट्यो निर्जीवन बीमा समूह

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीको उच्च नकारात्मक प्रभाव सेयर बजारमा

संसद् बैठक बोलाउन कार्यव्यवस्था समितिको बैठक मंगलबार बस्ने

काठमाडौं– संसद् बैठक आह्वानका लागि प्रतिनिधिसभा, कार्य व्यवस्था परामर्श समितिको

नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै

काठमाडौं– नेपाल–चीन सीमा क्षेत्रमा दुई वटा सिसी क्यामेरा जडान गरिने