काठमाडौं- खोटाङबाट प्रसिद्ध धार्मिकस्थल साल्पा पोखरीमा मेला भर्न गएका एकजना शिक्षकको हत्या गरेको आरोपमा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार पक्राउ पर्नेमा एउटै गाउँका छन् । पक्राउ पर्नेमा केपिलासगढी –७ का २१ वर्षीय सागर कोयु राई, २१ वर्षीय प्रतीक राई, २५ वर्षीय निशान राई, २३ वर्षीय सुशील राई, ३२ वर्षीय अमर राई, ३० वर्षीय उमेश दुमी राई, ३५ वर्षीया तारादेवी राई, ४८ वर्षीया सुमिता राई, ४३ वर्षीया तेजकुमारी राई, १९ वर्षीया देविका राई र २० वर्षीया चन्द्रकला राई छन् ।
भोजपुरको साल्पासिलिछो गाउँपालिका-५ साल्पा पोखरीमा लागेको मेलामा खोटाङको केपिलसगढी गाउँपालिका-७ सुँदेलका ३९ वर्षीय शिक्षक भानुभक्त राईको कुटपिटबाट मृत्यु भएको थियो ।
प्रहरीका अनुसार भदौ ११ गते उक्त मेलाका क्रममा पुरानो रिसिइबीका कारण राईमाथि कुटपिट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कुटपिटपछि राईलाई ढुंगासमेत हानेर ज्यान लिएको खुलेको छ।
पक्राउ परेकाविरुद्ध जिल्ला अदालत भोजपुरबाट पाँच दिनको म्याद थप गरेर मुद्दा अघि बढाइएको छ ।












प्रतिक्रिया