नेपाली दूतावास पुगेर भारतीय रक्षामन्त्रीले भने- यस कठिन घडीमा काँधमा काँध मिलाएर नेपालसँग उभिएका छौँ  « Khabarhub

नेपाली दूतावास पुगेर भारतीय रक्षामन्त्रीले भने- यस कठिन घडीमा काँधमा काँध मिलाएर नेपालसँग उभिएका छौँ 


१५ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतीय रक्षामन्त्री राजनाथ सिंहले नयाँदिल्लीस्थित नेपाली दूतावास पुगेर २६ अगस्टमा आएको विनाशकारी बाढीमा ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गरेका छन्।

सिंहले दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै भारत सरकार र भारतीय जनताका तर्फबाट नेपालका जनता तथा सरकारप्रति गहिरो समवेदना व्यक्त गरेका हुन्।

उनले २६ अगस्ट २०२६ मा आएको आकस्मिक बाढीका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै यस प्राकृतिक विपत्तिबाट नेपाली नागरिकसँगै भारतीय नागरिकसहित विभिन्न देशका विदेशी नागरिकसमेत प्रभावित भएको बताएका छन्।

उनले विपत्तिमा ज्यान गुमाउनेका परिवारप्रति सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

सिंहले भारत र नेपालबीचको सम्बन्धलाई नजिकको मित्रता र साझेदारीका रूपमा उल्लेख गर्दै भारत सधैं नेपालको सुख दुःखको साथीका रूपमा उभिँदै आएको बताएका छन्।

‘यस कठिन समयमा पनि हामी नेपाली दाजुभाइ तथा दिदीबहिनीसँग काँधमा काँध मिलाएर उभिएका छौँ,’ सिंहले लेखेका छन्।

उनले नेपालले गरिरहेको खोज तथा उद्धार र पुनर्स्थापनाका प्रयासमा भारतले सहयोग जारी राख्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

प्रकाशित मिति : १५ भदौ २०८३, सोमबार  २ : ०५ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर