नेपाली दूतावास पुगेर भारतीय रक्षामन्त्रीले भने- यस कठिन घडीमा काँधमा काँध मिलाएर नेपालसँग उभिएका छौँ  « Khabarhub

नेपाली दूतावास पुगेर भारतीय रक्षामन्त्रीले भने- यस कठिन घडीमा काँधमा काँध मिलाएर नेपालसँग उभिएका छौँ 


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतीय रक्षामन्त्री राजनाथ सिंहले नयाँदिल्लीस्थित नेपाली दूतावास पुगेर २६ अगस्टमा आएको विनाशकारी बाढीमा ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गरेका छन्।

सिंहले दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै भारत सरकार र भारतीय जनताका तर्फबाट नेपालका जनता तथा सरकारप्रति गहिरो समवेदना व्यक्त गरेका हुन्।

उनले २६ अगस्ट २०२६ मा आएको आकस्मिक बाढीका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै यस प्राकृतिक विपत्तिबाट नेपाली नागरिकसँगै भारतीय नागरिकसहित विभिन्न देशका विदेशी नागरिकसमेत प्रभावित भएको बताएका छन्।

उनले विपत्तिमा ज्यान गुमाउनेका परिवारप्रति सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

सिंहले भारत र नेपालबीचको सम्बन्धलाई नजिकको मित्रता र साझेदारीका रूपमा उल्लेख गर्दै भारत सधैं नेपालको सुख दुःखको साथीका रूपमा उभिँदै आएको बताएका छन्।

‘यस कठिन समयमा पनि हामी नेपाली दाजुभाइ तथा दिदीबहिनीसँग काँधमा काँध मिलाएर उभिएका छौँ,’ सिंहले लेखेका छन्।

उनले नेपालले गरिरहेको खोज तथा उद्धार र पुनर्स्थापनाका प्रयासमा भारतले सहयोग जारी राख्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  २ : ०५ बजे

‘आज मसँग न पैसा छ, न बैङ्क ब्यालेन्स’, बालगायक अशोक दर्जी भन्छन्, ‘धेरै थाकिसकेँ’

काठमाडौं- कुनै समय सडकमा गीत गाउँदै हिँड्ने बालकका रूपमा नेपाली

दक्षिण अफ्रिकी पत्रकार बेपत्ता

नैरोबी- दक्षिण अफ्रिकी एक पत्रकार जिबुटीबाट बेपत्ता भएका पारिवारिक श्रोतले

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको घाउ अझै

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी