बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सुरेन्द्र बज्राचार्य « Khabarhub

बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सुरेन्द्र बज्राचार्य


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले श्री बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सुरेन्द्र बज्राचार्यलाई नियुक्त गरेको छ ।

 यसैगरी कार्यकारी निर्देशकमा आचार्य नुर्बु शेर्पालाई र सदस्यहरुमा खेन्पो शेनाङ्ग ग्याम्जो तामाङ, विशाल लामा र रोशनकुमार श्रेष्ठ नियुक्त भएका छन् । 

बौद्धनाथ समिति, विकास समिति ऐन, २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले मिति २०५३ मा गठन गरेको हो । सन् १९७९ देखि बौद्धनाथ यूनेस्को विश्व सम्पदा सूचीमा सूचिकृत धार्मिक ऐतिहासिक एवं सांस्कृतिक धरोहर हो । 

यो विश्वभरीका बौद्ध मार्गीहरुको आस्थाको केन्द्र पनि हो । बौद्धनाथ महाचैत्य काठमाडौंँको सबै भन्दा बढी पर्यटकहरूले अवलोकन गर्ने स्थान मध्येको एक हो । 

समितिको काम कर्तव्यअन्तर्गत बौद्ध धर्मसम्बन्धी योजना तथा कार्यक्रमहरू स्वीकृत गरी कार्यान्वयन गर्ने गराउने, विदेशी सरकार, राष्ट्रिय वा अन्तर्राष्ट्रिय सङ्घ, संस्था वा व्यक्तिहरूसँग सम्पर्क र समन्वय गर्नेलगायतका काम गर्ने, गराउने जस्ता कर्तव्य तोकिदिएको छ ।

गठन आदेश बमोजिम समितिको उद्देश्य पूर्तिको लागि गर्नुपर्ने अन्य कार्यहरू  यिनै उद्देश्य तथा काम कर्तव्यभित्र रही श्री बौद्धनाथ महाचैत्य, यसको परिसर, शान्ति वाटिका, बुद्ध धर्म, यहाँ आउने पर्यटक तथा धर्मावलम्बी र यिनै कुराहरूको प्रगति, उन्नति, प्रचारप्रसार आदि कार्य समितिले स्थापना कालदेखि गर्दै आएको छ ।
  
नेपालका विभिन्न प्रख्यात बौद्ध तीर्थस्थलमध्ये एक प्रमुख स्थल हो । तिब्बतलगायत विश्वभर प्रसिद्ध यो तीर्थस्थल पहिले खास्ती चैत्यको नामले चिनिन्थ्यो । आजभोली यसलाई बौद्धनाथ, बौद्ध स्तूप, खास्ती चैत्य पनि भन्ने गरिन्छ । यस स्तूप बौद्ध र हिन्द तीर्थयात्रीहरूको लागि महत्वपूर्ण तीर्थस्थल हो । 
 
बौद्धनाथ स्तूप सम्भवतः विश्वकै ठूलो चैत्य नेपालको काठमाडौँ जिल्लामा अवस्थित छ ।  तिब्बती तीर्थयात्रीहरू तथा बौद्ध धर्मका अनुयायीहरू माने घुमाउँदै मन्त्र जप गर्दै यसको परिक्रमा गर्ने गर्दछन् । 

बौद्ध धार्मिक आस्था भएका तथा समस्त नेपाली र विश्व जगतको पर्यटकीय केन्द्र रहेको यस स्तूपको निकै महत्व रहेको छ । काठमाडौँ उपत्यकामा भएका ठूला स्तूपमा बौद्ध र स्वयम्भूका स्तूप हुन् । यी दुवै स्तूपको वास्तुकला झ्वाट्ट हेर्दा उस्तै देखिएपनि यसमा धेरै भिन्नता पनि रहेको छ ।

समितिको गठन भएपछि यस स्तूप एवं परिसरको संरक्षण व्यवस्थापनको कार्य  हुँदै आएको छ । यस क्षेत्रको मूर्त सम्पदा महत्व पूर्ण भए जस्तै यहाँका अमूर्त सम्पदा महत्वपूर्ण छन् ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  २ : २४ बजे

नेप्सेमा गयो पहिरो, ४९० अंकले घट्यो निर्जीवन बीमा समूह

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीको उच्च नकारात्मक प्रभाव सेयर बजारमा

संसद् बैठक बोलाउन कार्यव्यवस्था समितिको बैठक मंगलबार बस्ने

काठमाडौं– संसद् बैठक आह्वानका लागि प्रतिनिधिसभा, कार्य व्यवस्था परामर्श समितिको

नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै

काठमाडौं– नेपाल–चीन सीमा क्षेत्रमा दुई वटा सिसी क्यामेरा जडान गरिने

संसद् बैठक बोलाउन सभामुखसँग छलफल गर्ने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले छिटोभन्दा छिटो संसद्को बैठक आह्वान गर्न सभामुखसँग

नीताले बाचाअनुसार अर्थमन्त्रीलाई दिइन् ‘पार्वती’को पहिलो दिनको कमाइ

काठमाडौं – नायिका तथा निर्देशक नीता ढुंगानाले बाचाअनुसार फिल्म ‘पार्वती’को