रसुवा बाढी : बेपत्ताको संख्या यकिन गर्न कठिन, खोजी तथा उद्धार तीव्र « Khabarhub

रसुवा बाढी : बेपत्ताको संख्या यकिन गर्न कठिन, खोजी तथा उद्धार तीव्र


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रसुवा बाढीमा बेपत्ता भएका व्यक्तिको यकिन संख्या निर्धारण गर्न कठिन भइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार स्थानीय तह, प्रशासन, सुरक्षा निकाय, राष्ट्रिय निकुञ्ज तथा हाइड्रो आयोजनाबाट प्राप्त विवरण संकलन गरी बेपत्ताको वास्तविक संख्या पहिचान गर्ने प्रयास भइरहेको छ।

सोमबार बिहानसम्म आधिकारिक निकायबाट प्राप्त विवरणअनुसार ४ हजार २०२ जना बेपत्ता रहेको जनाइएको छ। खोजी तथा उद्धार कार्य जारी रहेकाले उक्त संख्या अझै घटबढ हुन सक्ने प्राधिकरणकी प्रवक्ता शान्ति महतले बताइन्।

हाइड्रो आयोजनाका सुरुङबाट मात्रै २८९ जनाको उद्धार गरिएको छ भने आइतबार चिनियाँ १५ र भारतीय ७ गरी २२ जनालाई उद्धार गरिएको थियो।
बाढीमा परी हालसम्म ९०३ जनाको मृत्यु भएको र १० हजारभन्दा बढीको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

सम्पर्कविहीनको खोजीका लागि २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको छ। प्राधिकरणले सडक तथा सञ्चार सेवा अधिकांश क्षेत्रमा पुनः सञ्चालनमा ल्याउँदै उद्धार, राहत र शव व्यवस्थापनका लागि छुट्टाछुट्टै कार्यदल परिचालन गरेको जनाएको छ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  २ : ४६ बजे

‘केन्द्र सरकारले समन्वय गरेन, मन्त्रीहरू टुरिस्ट शैलीमा आउँछन्, बाढी प्रभावित पालिका निरीह भयौँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिका कार्यवाहक अध्यक्ष अर्जुन न्यौपानेले बाढी प्रभावित

अमेरिका–दक्षिण कोरिया–जापानको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाको आपत्ति

एजेन्सी– दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले सेप्टेम्बरमा आयोजना

परराष्ट्रले भन्यो- ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन छन्

काठमाडौं– परराष्ट्र मन्त्रालयले ३८ देशका करिब ५९० विदेशी नागरिक अझै

रसुवा बाढी : ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा– रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण

रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने

काठमाडौं– भोटेकोशी बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा सेवा