क्षेत्रीय तनाव नबढाउन इरानको आग्रह, आक्रमणको प्रतिकार गर्ने चेतावनी « Khabarhub

क्षेत्रीय तनाव नबढाउन इरानको आग्रह, आक्रमणको प्रतिकार गर्ने चेतावनी


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरान युद्धको पक्षमा नरहेको तर आफ्नो मुलुकमाथि कुनै पनि प्रकारको आक्रमण भएमा त्यसको दृढतापूर्वक प्रतिकार गर्ने इरानी राष्ट्रपति मसुद पेजेस्कियानले बताएका छन्।

राष्ट्रपति कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार पेजेस्कियानले इरानले युद्ध नचाहेको स्पष्ट सन्देश यसअघि नै अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्‍याइसकेको बताए।

उनले इरान शान्ति र स्थिरताको पक्षमा रहेको उल्लेख गर्दै आक्रमणका घटनाप्रति भने मौन नबस्ने बताए। 

‘हामी युद्ध चाहँदैनौँ। तर आक्रमणका अगाडि हामी निष्क्रिय भएर बस्ने छैनौँ र आक्रमणकारीलाई निर्णायक जवाफ दिनेछौँ,’ उनले भने।

पेजेस्कियानले क्षेत्रीय अस्थिरता र अशान्ति कुनै पनि देशको हितमा नरहेको धारणा व्यक्त गर्नुभयो । यस्तो परिस्थितिले क्षेत्रका सबै मुलुकलाई चुनौती दिने उल्लेख गर्दै उनले क्षेत्रीय देशहरूले आपसी सहकार्य र समन्वयमार्फत क्षेत्रीय सुरक्षा तथा विकास सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

इरानी राष्ट्रपतिको यो भनाइ अमेरिकी सेनाले इरानको दक्षिणी लाराक द्वीपमा आक्रमण गरेको बताइएको घटनापछि आएको हो।

अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता टिम हकिन्सले जारी गरेको विज्ञप्तिअनुसार अमेरिकी सेनाले आइतबार लाराक द्वीपमा रहेका दुईवटा प्रक्षेपण उपकरणलाई निशाना बनाएको थियो।

इरानको इस्लामिक रिभोल्युसन गार्ड कोर्प्सले होर्मुज जलडमरूमध्यमा समुद्री सुरुङसहितका रकेट प्रहार गर्ने तयारी गरिरहेको देखिएपछि उक्त कारबाही गरिएको अमेरिकी पक्षको दाबी छ।

उक्त घटनापछि इरानको इस्लामिक रिभोल्युसन गार्ड कोर्प्सले जारी गरेको विज्ञप्तिमा केही सैनिक तथा सर्वसाधारणको मृत्यु वा घाइते भएको जनाएको छ। साथै, घटनाको उचित जवाफ दिइने र आक्रमणकारीलाई दण्डित गरिने चेतावनीसमेत दिएको छ।

होर्मुज जलडमरूमध्य विश्वको महत्वपूर्ण ऊर्जा तथा समुद्री व्यापारिक मार्गमध्ये एक भएकाले यस क्षेत्रमा बढ्दो तनावले क्षेत्रीय सुरक्षा र अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा समेत प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
 

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  ४ : १३ बजे

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल