रसुवा बाढी पीडितलाई भृकुटी मण्डपका व्यापारीको साढे १३ लाख सहयोग « Khabarhub

रसुवा बाढी पीडितलाई भृकुटी मण्डपका व्यापारीको साढे १३ लाख सहयोग


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भृकुटी मण्डपस्थित खुला बजारका व्यापारीहरूको संस्था ‘काठमाडौं निम्न व्यापारी संघ’ले रसुवा बाढी पीडितको उद्धार र राहतका लागि १३ लाख ५१ हजार सहयोग गरेको छ ।

संघले समाज कल्याण परिषदका सदस्य सचिव चक्रबहादुर बूढालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

संघका अध्यक्ष लक्ष्मीप्रसाद ओलीलगायतका कार्यसमिति पदाधिकारीहरू चेक हस्तान्तरणमा सहभागी भएका थिए ।

अध्यक्ष ओलीले भने, ‘देश विपदमा रहेका बेला सहयोग गर्नुपर्छ । यस दुखको घडीमा बाढी पीडित र प्रभावितको साथमा उभिन हामीले सकेको सहयोग गरेका हौं ।’

खुला बजारमा रहेका १३ सय ५१ वटै स्टलले एक–एक हजारका दरले सहयोग गर्दा उक्त रकम संकलन भएको उनले बताए ।

उनले भने, ‘हामी विगतमा पनि यस्ता विपदमा सहयोग गर्दै आएका थियौं । यस्तो बेला हामी राज्यको पक्षमा उभिएका हौं । पीडितले राहत र उद्धारबाट वञ्चित हुनुहुँदैन भन्ने हाम्रो उद्देश्य हो । मानवीयता हामीले यस्तै बेला देखाउने हो ।’

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  ५ : ३९ बजे

जसपा नेपालको केन्द्रीय कार्यकारिणी बैठक भोलिदेखि, पार्टी समायोजन र अग्रगामी मोर्चा मुख्य एजेण्डा

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) को केन्द्रीय कार्यकारिणी

भोटेकोशी बाढी : शव पहिचानका लागि डीएनए परीक्षण प्रक्रिया सुरु

काठमाडौं– भोटेकोशी बाढीमा परी हराइरहेका नेपाली तथा विदेशी नागरिकका आफन्तजनले

बाढीपछि बागेश्वरी माविको सरसफाइमा नेपाली सेना

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षतिग्रस्त बागेश्वरी माध्यमिक

भोटेकोसी पहिरो : सडकको अवरोध हटाउँदै केरूङबाट १ किलोमिटर नजिक आइपुग्यो चिनियाँ टोली

तिब्बत- चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित ग्यिरोङ बन्दरगाहमा गत बुधबार आएको

भोटेकोशी बाढीपीडितका लागि आईएमई ग्रुपको १० करोड सहयोग

काठमाडौं– आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित