घरघरमा शव लैजानु भन्ने रास्वपा नेतृलाई एलआईसीले दिएको थियो अवार्ड « Khabarhub

घरघरमा शव लैजानु भन्ने रास्वपा नेतृलाई एलआईसीले दिएको थियो अवार्ड


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत बुधबार आएको बाढीपछि ज्यान गुमाएकाहरुको शव वालेन्द्र शाह नेतृत्वको सरकारले परिवारजनलाई नदिई सिधै गाड्न थालेपछि विरोध भइरहेको छ।

राज्यले केही सय शव पनि व्यवस्थापन नगरी सिधै गाडेको भनेर आलोचना भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता भने अति असहिष्णु शैलीमा उत्रिन थालेका छन् । फरक विचार र तर्क गर्नेहरूमाथि गालीगलौजसहित खनिने क्रम तीव्र भएको छ।

कुनै पनि व्यक्तिले उसको परिवारको सदस्यको शव बुझेर उसको धार्मिक विधिअनुसार दाहसंस्कार गर्न पाउन उसको नैसर्गिक अधिकार हो । तर सडेर दुर्गन्ध फैलिएको बहानामा राज्यले शवहरूको पहिचान नै नगर चितवन र नवलपुरमा धमाधम गाडेको छ। अहिलेसम्म कम्तीमा ३ सय शव गाडिसकिएको अवस्था छ।

सर्वसाधारण र बेपत्ता नागरिकका परिवारले सम्बन्धित व्यक्तिको धार्मिक भावनाको सम्मान गर्नुपर्ने आवाज उठाउँदा रास्वपा कार्यकर्ताहरूले आक्रमणको धम्कीसहित निरन्तर गालीगलौज बर्साइरहेका छन्।

यसरी गाली बर्साउँदै असंवेदनशील टिप्पणी गर्नेमा एकजना हुन् प्रभा ज्ञवाली । सरकारकै तथ्यांकअनुसार भोटेकोसी बाढीमा अझै १५ हजारभन्दा बढी बेपत्ता छन्। उता मृतकको संख्या ७ सय बढी छ । तर केही करोड खर्च गरेर केही दिनमा तयार गर्न सकिने शवको अस्थायी गृहको बाटो छाडेर सरकारल शव गाडिदिएकको छ। यो अवस्थालाई आलोचनात्मक टिप्पणी गरेको सुनेपछि भारतको चर्चित बीमा कम्पनी एलआईसी नेपालकी बीमा एजेन्टसमेत रहेकी प्रभा ज्ञवालीले आइतबार अति नै असंवेदनशील र अमानवीय टिप्पणी गरिन् । उनले आइतबार, फेसबुकमा भनेकी थिइन्, ‘सरकार लास नगाडम् भो, सबै नेपालीको घरमा एक एकवटा पठाइदिनु, फ्रिजमा राख्छम्, अझ गाडिस् भनेर बुरुक बुरुक गर्नेकोमा दुईवटा पठाइदिम् ।’

यसरी असंवेदनशील टिप्पणी गर्ने उनी रास्वपा नेतृसँगै एलआईसी नेपालकी बीमा एजेन्ट पनि हुन् । त्यो पनि बीमा जस्तो सामाजिक काममा सक्रिय भएर गत पुसमा उनले अवार्ड समेत पाएकी थिइन्।

रास्वपमा लुम्बिनी प्रदेश सदस्यसमेत रहेकी उनी एलआईसी नेपालकी चर्चित बीमा एजेन्ट हुन् । तर उनले यो पोस्टलाई लिएर व्यापक आलोचना भएपछि फेसबुकबाट डिलिट गरेकी छिन् । यस्तो असंवेदनशील पोस्ट गर्ने उनी बीमा एजेन्ट भएको पाउँदा धेरै चकित भएका छन्। बीमा गर्न प्रस्ताव गरिएकाहरूले समेत एजेन्ट रहेकी उनको अव्यवसायिक चरित्रलाई लिएर गुनासो गरेका छन् ।

उनले त्यसैलाई पुष्टि गर्दै भोटेकोसी बाढीमा परेकाको परिवारका सदस्यलाई चोट दिने गरी असंवेदनशील पोस्ट गरेकी हुन् । सबैभन्दा धेरै प्रिमियम संकलन गरेर उनले गत वर्ष पुसमा बीमा क्षेत्रको चर्चित ‘चेयरमेन्स क्लब’मा स्थान बनाउन सफल भएकी थिइन् । प्रभावको असंवेदनशील पोस्टमा एलआईसी नेपालले कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  ५ : ४२ बजे

जापानद्वारा ५५ अर्ब डलरको रक्षा बजेट प्रस्ताव, एआई विकासमा जोड

टोकियो- जापानको रक्षा मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ८.९ ट्रिलियन येन

केरूङ बन्दरगाह नजिकै चीनले स्थापना गर्‍यो नयाँ ४जी-५जी बेस स्टेसन

तिब्बत- चीनको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रको ग्यिरोङ काउन्टीमा पहिरो प्रभावित

परराष्ट्रमन्त्री खनाल र मलेसियाका विदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र मलेसियाका विदेशमन्त्री दातो सेरी

जसपा नेपालको केन्द्रीय कार्यकारिणी बैठक भोलिदेखि, पार्टी समायोजन र अग्रगामी मोर्चा मुख्य एजेण्डा

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) को केन्द्रीय कार्यकारिणी

भोटेकोशी बाढी : शव पहिचानका लागि डीएनए परीक्षण प्रक्रिया सुरु

काठमाडौं– भोटेकोशी बाढीमा परी हराइरहेका नेपाली तथा विदेशी नागरिकका आफन्तजनले