‘कोरला जानुपर्दा सामान ल्याउन ५-६ दिन बढी समय लाग्छ’ « Khabarhub

‘कोरला जानुपर्दा सामान ल्याउन ५-६ दिन बढी समय लाग्छ’


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण अरु धेरै क्षतिसँगै चीनदेखि काठमाडौंसम्म आइपुग्ने लामो सडकखण्ड पनि पूर्ण रूपमा क्षतिग्रस्त बन्न पुगेको छ । जसका कारण रसुवा नाका हुँदै नेपाल ल्याउनको लागि आउँदै गरेका सयौँ मालबाहक साधन यतिबेला बाटोमा नै अलपत्र परेका छन् ।

बाढीले गरेको विनाशका कारण भएको मानवीय क्षतिको व्यवस्थापन, घाइतेको उपचार र अलपत्र परेकाको उद्धार कार्यलाई यतिबेला सरकारले प्राथमिकता दिएर काम गरिरहेको छ । अझै केही दिन सरकारले सोही कामलाई नै प्राथमिकतामा राखेर काम गर्नुपर्ने देखिन्छ ।

चीनबाट आउँदै गरेका र चीनतर्फ जाँदै गरेका सयौँ मालबाहक ट्रक बाढीसँगै हराइसकेका छन् । ती ट्रकसँगै सयौँको संख्यामा कामदार र कम्तिमा १५ जना भन्दा बढी व्यवसायी पनि बाढीसँगै हराएको हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की बताउँछन् ।

उनका अनुसार बाढीले कम्तिमा दुई अर्ब बढीको सामग्री बगाएको छ । जसको इन्स्योरेन्स समेत भएको अवस्था छैन । ‘किनकी केरुङसम्म आउँदा इन्स्योरेन्स हुन्छ, भन्सार जाँचपास भइसकेपछि यता इन्स्योरेन्स गर्नुपर्ने हुन्छ, त्यो दिन यताको अफिस खुल्न समय बाँकी नै थियो, त्यसैले अधिकांश सामग्रीको इन्स्योरेन्स भएको छैन’, कार्कीले भने ।

अध्यक्ष कार्कीको भनाइअनुसार अधिकांश बाढीमा बगेका सामग्रीको इन्स्योरेन्स दाबी व्यवसायीले गर्नसक्ने अवस्था छैन । तर, सवारी चालकहरू र मालबाहक गाडीको भने इन्स्योरेन्स हुने उनले बताए ।

अध्यक्ष कार्कीले यतिबेला केरुङ क्षेत्रसम्म आइपुगेका सयौँको संख्याका मालबाहक सवारी साधन अलपत्र परेको र ती नेपालसम्म कसरी ल्याइपुर्‍याउने भन्ने पनि चिन्ता थपिएको बताए । उनले तातोपानी नाका विकल्प भएपनि सहज नभएको भन्दै कोरला पुर्‍याएर ल्याउन कम्तिमा एकहप्ता बढी समय लाग्ने बताए । जसले गर्दा निकै खर्चिलो हुने पनि उनको भनाइ छ ।

‘हामीलाई तातोपानी नाका सहज हुने हो भने सजिलो हुन्छ, जहाँबाट दैनिक ठूलो संख्यामा ट्रक ल्याउन सकिन्छ, तर, कोरला जानुपर्ने अवस्थामा एकै ट्रक सामग्री ल्याउनको लागि ५-६ दिन बढी समय लाग्छ’, उनले भने ।

साथै, अब चिसो मौसम बढ्न लागेकाले सो क्षेत्रमा सवारी साधनहरू बन्द गरेर राख्दा पुर्न सुचारु हुन समस्या हुने पनि उनले बताए ।

कार्कीका अनुसार अहिले नै कतिपय फलफूल बोकेर आएका मालबाहक ट्रकमा सामग्री बिग्रन लागिसकेको र आइतबार मात्रै एक ट्रक ड्रागन फ्रुट निकालेर केरुङ क्षेत्रमा बाँडिएको बताए ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  ५ : ४३ बजे

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल