परराष्ट्रमन्त्री खनाल र मलेसियाका विदेशमन्त्रीबीच टेलिफोन वार्ता « Khabarhub

परराष्ट्रमन्त्री खनाल र मलेसियाका विदेशमन्त्रीबीच टेलिफोन वार्ता


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र मलेसियाका विदेशमन्त्री दातो सेरी उतमा हाजी मोहम्मद हाजी हसनबीच आज टेलिफोन वार्ता भएको छ ।

मलेसियाका विदेशमन्त्री हसनले परराष्ट्रमन्त्री खनाललाई टेलिफोन गरी विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

वार्ताका क्रममा मलेसियाका विदेशमन्त्री हसनले नेपालको पहिचान भएका आवश्यकताका आधारमा थप सहयोग उपलब्ध गराउन मलेसिया सरकार तयार रहेको बताए। वार्तामा परराष्ट्रमन्त्री खनालले मलेसियाले व्यक्त गरेको सहयोग र ऐक्यबद्धताप्रति आभार व्यक्त गरेका थिए ।

उनले विपद्पछिको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारले गरिरहेका प्रयासबारे जानकारी गराउँदै बेपत्ता व्यक्तिको खोजीकार्य जारी रहेको बताएका थिए।

मन्त्री खनालले विपद्बाट प्रभावित मलेसियाली नागरिकका सम्बन्धमा प्रमाणित तथा आवश्यक सूचना समयमै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै काठमाडौँस्थित मलेसियाली दूतावाससँग निकट समन्वय गर्ने आश्वासनसमेत दिएका छन् ।

रसुवाको भोटेकोशीमा गएको बाढीबाट गत बुधबार ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतकार्य जारी रहेका बेला उनीहरुबीच उक्त टेलिफोन वार्ता भएको हो ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  ६ : ४० बजे

गत वर्षसम्मको स्वास्थ्य बीमाको भुक्तानी सम्पन्न

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य

ताप्लेजुङ गोल्डकप : झापा-११ सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ– ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा झापा-११ फुटबल क्लब प्रवेश गरेको छ। 

रसुवामा उद्धार अभियान तीव्र, सेनाद्वारा १०९ जनाको हवाई उद्धार, सुरुङमा अझै मिलेन सफलता

काठमाडौं- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा

रसुवा बाढीका ८१ बेवारिसे शव देवघाटमा व्यवस्थापन गरियो (तस्बिरहरू)

चितवन– रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा पहिचान खुल्न

भोटेकोशी बाढी : चीनको सीमाक्षेत्रबाट बगेका शव भारतसम्मै पुगे !

काठमाडौं – रसुवामा बाढी आएको पाँच दिनपछि पनि भारतमा लास