बाढीको छ दिनपछि पनि त्रिशूली बजारमा उस्तै छ विनाशको पीडा (तस्बिरहरू) « Khabarhub

बाढीको छ दिनपछि पनि त्रिशूली बजारमा उस्तै छ विनाशको पीडा (तस्बिरहरू)


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

नुवाकोट- भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको छ दिनपछि पनि नुवाकोटको त्रिशूली बजारमा बाढीको असर प्रस्ट देखिन्छ ।

सोमबार त्रिशूली बजारमा स्थानीयहरू बाढीले पुर्‍याएको क्षति र त्यसले निम्त्याएको समस्याबारे आपसमा कुराकानी गरिरहेका देखिन्थे। केही स्थानीय त्रिशूली नदी किनारमा पुगेर बाढीले पुर्‍याएको क्षतिको अवस्था नियालिरहेका थिए।

बाढीका कारण घर तथा व्यवसायमा क्षति पुगेपछि कतिपय स्थानीय आफ्ना घरमा बाँकी रहेका सामान सुरक्षित स्थानमा सार्न व्यस्त देखिन्थे। बाढीले सामान्य जनजीवन प्रभावित बनाएपछि स्थानीयहरू अझै पनि क्षतिको व्यवस्थापन र पुनःस्थापनाको प्रयासमा जुटिरहेका छन्।

त्रिशूली बजारमा बाढीले छाडेको क्षतिको असर ६ दिन बितिसक्दा पनि हटिसकेको छैन। नदी किनार तथा आसपासका क्षेत्रमा बाढीको प्रभाव र त्यसले स्थानीयको जीवनमा पारेको असर अझै देख्न सकिन्छ।

तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  ७ : ११ बजे

बाढीपीडितको राहत, उद्धार र पुनर्निर्माणका लागि एमालेद्वारा समिति गठन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट

बुवालाई सम्झिँदै मेस्सीको भावुक पत्र, ‘अब फुटबल खेलिरहने हो कि होइन, गम्भीर शंका छ’

काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट संन्यास

भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ जना अझै सम्पर्कविहीन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा

एनआरएनए र अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले विपद्को कठिन घडीमा गैरआवासीय नेपाली

स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २ अर्ब ६ करोडभन्दा बढीको दावी भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले देशभरका सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई