लियोनल मेस्सीले लिए अर्जेन्टिनाकाे राष्ट्रिय टोलीबाट संन्यास « Khabarhub

लियोनल मेस्सीले लिए अर्जेन्टिनाकाे राष्ट्रिय टोलीबाट संन्यास


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेस्सीले अर्जेन्टिना राष्ट्रिय टोलीबाट संन्यास लिने घोषणा गरेका छन् । उनले लामो समयदेखि सोचविचार गरेपछि राष्ट्रिय टोलीबाट अलग हुने निर्णय गरेको बताएका छन् ।

मेस्सीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भावुक सन्देशमा आफूले राष्ट्रिय टोलीका लागि सधैं सबैथोक दिएको उल्लेख गरेका छन् ।

पछिल्ला केही वर्षमा टोलीले ठूला उपाधि जित्दा मात्र नभई त्यसअघि पनि आफूले अर्जेन्टिनाको जर्सीका लागि निरन्तर संघर्ष गरेको उनको भनाइ छ ।

उनले लेखेका छन्, ‘अब धेरै समय बाँकी छैन र केही अध्यायहरू बन्द हुँदैछन्। यो अध्यायले मलाई निकै पीडा दिएको छ। मैले राष्ट्रिय टोलीमा रहन मन पराएँ, मन पराइरहेँ र सधैं मन पराइरहनेछु। मैले आफूभित्र भएको सबैथोक दिएँ। अब मसँग दिनका लागि केही बाँकी छैन।’

मेस्सीले राष्ट्रिय टोलीमा नयाँ पुस्ताका उत्कृष्ट खेलाडीहरू आइरहेको र उनीहरूलाई अवसर दिनुपर्ने बताएका छन् । राष्ट्रिय टोलीसँग बिताएका २० वर्षलाई स्मरण गर्दै उनले समर्थकप्रति आभार व्यक्त गरेका छन् । अब आफू मैदानभित्रबाट नभई बाहिरबाट अर्जेन्टिनालाई समर्थन गर्ने उनले बताएका छन् ।

उनले आफ्नो परिवार, प्रशिक्षक, सहकर्मी खेलाडी र टोलीका पदाधिकारीहरूलाई पनि धन्यवाद दिएका छन्। राष्ट्रिय टोलीसँग बिताएका समयलाई अविस्मरणीय सम्झनाका रूपमा आफूले साथमा लिएर जाने उनको भनाइ छ।

‘म शान्ति र गर्वका साथ जाँदैछु। आफ्ना सहकर्मीहरूसँग मिलेर तपाईंहरूलाई सपनाजस्ता क्षणहरू दिन सकेँ। यो सबै तपाईंसँगै अनुभव गर्नु पागलपनजस्तै थियो। म तपाईंहरूलाई माया गर्छु,’ मेस्सीले लेखेका छन्।

उनले भगवानको समेत स्मरण गर्दै आफूलाई अर्जेन्टिनी बनाएकोमा गर्व गरेका छन् ।

मेस्सीले यो पत्र जुलाई २१ मा, विश्वकप फाइनलको दुई दिनपछि नै लेखेको खुलाएका छन्। तर आफ्ना बुबासँग सम्बन्धित पछिल्लो घटनापछि राष्ट्रिय टोलीबाट संन्यास लिने निर्णयमा आफू झन् दृढ भएको उनले बताएका छन्।

यो मेस्सीको अर्जेन्टिना राष्ट्रिय टोलीबाट दोस्रो संन्यास हो। यसअघि उनले २०१६ को कोपा अमेरिका फाइनलमा चिलीसँग पराजित भएपछि पनि राष्ट्रिय टोलीबाट संन्यास घोषणा गरेका थिए, तर पछि निर्णय फिर्ता लिएका थिए।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  ९ : १९ बजे

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल