काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पछिल्लो २४ घण्टामा मनाङमा धेरै वर्षा भएको जनाएको छ ।
महाशाखाले बङ्गालको खाडीमा विकसित अर्नब चक्रवात र पश्चिमी वायुको प्रभावका कारण यो अवधिमा मनाङको ताल मौसम मापन केन्द्रमा १०४.४ मिलिमिटर वर्षा मापन भएको उल्लेख गरेको छ।
वर्षासँगै चिसो बढ्न सक्ने, जोखिमयुक्त स्थान र सडक छेउमा पहिरो खस्ने तथा सडक र हवाई यातायातसहित दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारण तथा सम्बन्धित निकायलाई महाशाखाले आग्रह गरेको छ ।
देशको अधिकांश स्थानमा मध्यम वर्षा तथा गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस र कर्णाली प्रदेशको एकदुई स्थानमा भारी वर्षा भएको महाशाखाले जनाएको छ।














प्रतिक्रिया