प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन (तस्बिर) « Khabarhub

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन (तस्बिर)


१४ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पत्रकारको पक्राउ र सञ्चार गृहमा प्रहरीले शुक्रबार गरेको धरपकडविरुद्ध नेपाल पत्रकार महासंघको नेतृत्वमा माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ ।

निरन्तरको झरीका बीच प्रेस स्वतन्त्रता सुनिश्चितताको माग गर्दै पत्रकारहरुले मौन प्रदर्शन गरेका हुन् ।

शुक्रबार साँझ सादा पोसाकका प्रहरीले विभिन्न सञ्चारगृहमा गएर पत्रकारलाई नियन्त्रणमा लिएका थिए ।

प्रहरीले पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक शोभराज बराल र डीएनए अनलाइनका धीरज बस्नेतलाई नियन्त्रणमा लिएको थियो ।

पत्रकार पक्राउ परेपछि विभिन्न सञ्चारकर्मी तथा प्रेस स्वतन्त्रताका पक्षधरहरूले विरोध जनाएका थिए । घटनाको चौतर्फी आलोचना भएपछि राति नै सबैलाई रिहा गरिएको थियो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ कार्तिक २०८३, शनिबार  १० : ०६ बजे

वर्षाले पर्यटकीय गतिविधि प्रभावित

गण्डकी– प्रतिकूल मौसमका कारण पोखरासहितका क्षेत्रमा पर्यटकीय गतिविधि प्रभावित बनेको

कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिने

काठमाडौँ– २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास

आज अपराह्नपछि मौसममा क्रमशः सुधार हुने

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा