अविरल वर्षाले जनजीवन प्रभावित « Khabarhub

अविरल वर्षाले जनजीवन प्रभावित


१४ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । बिहीबार रातिदेखिको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाको जनजीवन प्रभावित बनेको हो।

बिहानैदेखि आकाश धुम्मिनुका साथै निरन्तर वर्षा हुँदा सर्वसाधारणको दैनिक गतिविधिमा असर परेको छ । वर्षाका कारण सडकमा सवारीसाधनको चाप र आवतजावतमा समेत प्रभाव परेको छ।

विशेषगरी पैदलयात्रु, साइकल तथा दुईपाङ्ग्रे सवारीसाधन प्रयोग गर्नेहरू बढी प्रभावित भएका छन्। चक्रवातको प्रभावले देशका विभिन्न स्थानमा बदली, वर्षा तथा उच्च हिमाली र पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान गरिएको छ।

लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने र पहाडी क्षेत्रमा पहिरोको जोखिमसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

वर्षाका कारण बाहिरी काम तथा आवतजावतमा समस्या भएपछि जनजीवनसमेत प्रभावित बनेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८३, शनिबार  ११ : ४३ बजे

मुगुमा भारी वर्षासँगै हिमपात, जनजीवन कष्टकर बन्दै

मुगु– मुगुमा शुक्रबार साँझदेखि परेको वर्षासँगै हिमपात भइरहेकाले अत्यधिक चिसो

नाइजेरियामा सैन्य अखडामा आक्रमण विफल, ४८ लडाकु मारिएको सेनाको दाबी

एजेन्सी– नाइजेरियाली सेनाले देशको उत्तरपूर्वी क्षेत्रमा रहेका दुई सैन्य अखडामा

पृथ्वीराजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध

कुलेखानी जलाशय भरिँदै, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध

हेटौँडा– लगातारको वर्षाले कुलेखानी जलाशय भरिन लागेसँगै तल्लो तटीय क्षेत्रका

अविरल वर्षाले जनजीवन प्रभावित

काठमाडौँ– बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले काठमाडौँ उपत्यकासहित देशका