काठमाडौँ – लगातारको वर्षाका कारण ललितपुरको च्यासलस्थित मनोहरा नदीमा पानीको बहाव बढेको छ ।
नदीमा पानीको सतह बढ्दै गएपछि प्रशासनले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ गण, ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
प्रशासनले नदी आसपासका क्षेत्रमा बसोबास गर्ने तथा आवतजावत गर्ने सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ । साथै, नदीको बहाव हेर्न जाने वा जोखिमपूर्ण स्थानमा पुग्ने काम नगर्न पनि अनुरोध गरेको छ ।
























प्रतिक्रिया