काठमाडौँ – निरन्तरको वर्षाका कारण त्रिवि क्रिकेट मैदान जलमग्न भएपछि मोटरको प्रयोग गरेर पानी निकाल्ने प्रयास भइरहेको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार दुई खेल हुने तालिका रहे पनि वर्षाका कारण लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भएको छ ।
आजै अपराह्न ५ बजे विराटनगर किङ्ग्स र सुदूरपश्चिम रोयल्सबीच अर्को खेल हुने तालिका छ । तर, वर्षा नरोकिएकाले उक्त खेलसमेत प्रभावित हुने सम्भावना देखिएको छ ।
मैदानमा पानी जमेकाले खेल सञ्चालन गर्न कठिनाइ भएको छ । वर्षा जारी रहे आजको दोस्रो खेल पनि रद्द हुन सक्ने देखिएको छ ।



















प्रतिक्रिया