वीरगञ्ज हुँदै ६ महिनामा १२ अर्बको खाद्यान्न आयात « Khabarhub

वीरगञ्ज हुँदै ६ महिनामा १२ अर्बको खाद्यान्न आयात


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ११ अर्ब ५७ करोड मूल्य बराबरका १६ थरिका खाद्य पदार्थ आयात भएको छ । गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आवको सो अवधिमा भने यो नाका हुँदै हुने खाद्य पदार्थको आयातमा २१ करोड मूल्यको गिरावट आएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको ६ महिनाको तुलनामा चालु आवको सोही समयमा खाद्य पदार्थको आयातमा सामान्य गिरावट आएको बताए । जबकी गत आर्थिक वर्षको ६ महिनामा ११ अर्ब ७८ करोड मूल्य पर्ने १६ थरिका खाद्य पदार्थको आयात भएको थियो ।

चालु आवको ६ महिनामा पाँच अर्ब ६८ करोड मूल्य पर्ने १५ करोड ४३ लाख किलोग्राम धान आयात भएको छ । जबकी गत आवको सोही अवधिमा भने छ अर्ब नौ करोड मूल्यको धान आयात भएको थियो ।

चालु आवको छ महिनामा तीन अर्ब ४१ करोड मूल्य पर्ने मकै आयात भएको छ । त्यस्तै चालु आवको ६ महिनामा एक अर्ब ६१ करोड मूल्य पर्ने चामल र ३३ करोड मुल्य पर्ने माल्ट आयात भएको छ । त्यस्तै २३ करोड ७३ लाख मूल्य पर्ने फापर, कोदो र अन्य खाद्यान्न आयात भएको छ ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ६ : २४ बजे

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

एआईको प्रयोगलाई लिएर उर्वशी रौतेलाको कडा कदम, मागिन् ७० अर्ब क्षतिपूर्ति

काठमाडौं– एआई प्रविधि मनोरञ्जन क्षेत्रमा तीव्र रूपमा प्रवेश गरिरहेका बेला

कांग्रेसमा गगनलाई टक्कर दिने विषयमा तैँ चुप मै चुप, अरु पदमा प्रतिस्पर्धा हुने

काठमाडौं– गत पुस अन्तिममा विशेष महाधिवेशन गरेर कांग्रेसको सभापति बनेका

‘छ महिने सुत्केरी बिदा प्रस्ताव स्वागतयोग्य’

काठमाडौं– सरकारले हाल कार्यान्वयनमा रहेको प्रसूति बिदा ९८ दिनबाट बढाएर