सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी « Khabarhub

सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बागलुङ– यस वर्ष बागलुङमा २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण बढेसँगै उत्पादन बढेको हो । गतवर्षको तुलनामा यस वर्ष ४४ लाख बढीको सुन्तला उत्पादन भएको छ । यस वर्ष औसा किराको समस्या नहुँदा उत्पादन वृद्धि भएको हो ।

कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष २६ करोड ४६ लाखको सुन्तला उत्पादन भएको थियो । पछिल्लो समय बाँझो खेतबारीमा किसानले सन्तला खेती गर्न थालेपछि बर्सेनी उत्पादन बढ्न थालेको ज्ञान केन्द्रका प्रमुख कुमारपुन मगरले जानकारी दिए । बसाइँसराइले रित्तिदै गएका गाउँमा राम्रो सुन्तला उत्पादन भएको उनको भनाइ छ ।

पहिले कादो, मकै र गहुँलगायतका खाद्यन्न बाली लगाउने बारीमा हिजोआज सुन्तला खेती गर्न थालिएको प्रमुख पुन मगरले बताए । कम मेहनतमा राम्रो उत्पादन गर्न सकिने हुँदा कृषक सुन्तला खेतीप्रति आकर्षित भएको उनको भनाइ छ । यस वर्ष चार हजार १६९ मेट्रिकटन सुन्तला उत्पादन भएको पुन मगरले जानकारी दिए । किसानले न्यूनतम प्रति किलो ६५ रुपैयाँले बिक्री गरेको उनको भनाइ छ ।

उनले भने, ‘पछिल्लो समय सुन्तला खेतीप्रति धेरै किसान आकर्षित हुनुभएको छ, पहिले बाँझो रहेको जमिनमा पनि अहिले सुन्तला फल्न थालेका छन्, हरेक वर्ष सुन्तला खेती हुने क्षेत्रफल बढ्दै गएको छ, कोदो, मकै, गहुँ र फापर फल्ने बारी हिजोआज सुन्तलाका बोटले ढाकिएका छन्, धेरै झन्झट नहुने, कम मेहनतमा धेरै उत्पादन गर्न सकिने हुँदा सुन्तला खेतीतर्फ आकर्षण बढ्दो छ ।’

२०७६ सालमा ५८५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएकोमा हालसम्म आउँदा बढेर ६६४ हेक्टर पुगेको छ । अहिले ३८१ हेक्टरमा सुन्तला उत्पादन भइरहेको ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लाको काठेखोला गाउँपालिकाको बिहुँ, बागलुङ नगरपालिकाको सिगाना, तित्याङ, भकुण्डे, जैमिनी नगरपालिकाको बिनामारे र दमेकमा बढी सुन्तला उत्पादन हुन्छ ।

काठेखोला गाउँपालिका–६ का किसान पशुपति कँडेलले अघिल्लो वर्ष ६ लाख रुपैयाँ को सुन्तला बिक्री गरेकोमा यस वर्ष उत्पादन बढेको हुँदा आठ लाखमा बगाननै व्यापारीलाई दिएको बताए । सुन्तलाका लागि समयमै वर्षा हुँदा उत्पादन राम्रो भएको उनको भनाइ छ । अघिल्लो वर्ष औसा किराले झण्डै एक लाखको सुन्तला नष्ट गरि दिएको किसान कँडेलले बताए ।

सोही गाउँका अर्का किसान लोकनाथ कँडेलले गत वर्ष १३ लाखको सुन्तला बिक्री गरेकोमा यस वर्ष १५ लाखमा बेचेको जानकारी दिए । फल दिने बोट बढेको र मौसमले राम्रो साथ दिँदा उत्पादनमा वृद्धि भएको उनको भनाइ छ । (रासस)

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ७ : ०३ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य बढेको छ ।

स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौंदेखि जमेको चुनाको तह हटाइँदै (तस्बिरहरू)

काठमाडौँ– विश्व सम्पदा सूचीमा सूचीकृत तथा बौद्ध धर्मावलम्बीहरूको प्रमुख आस्थाको

वन कार्यालयको स्पष्टीकरण-‘ टेम्पो गुड्ने नभई अतिक्रमणका लागि राखिएको हो’

कैलाली– गोदावरी नगरपालिका–४ स्थित चुरे वन क्षेत्रको अतिक्रमण हटाउने क्रममा

आज विश्व रक्तदाता दिवस मनाइँदै, सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

काठमाडौँ– आज विश्व रक्तदाता दिवस मनाइँदै छ । ‘मानवताका लागि

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८