स्थानीय निर्वाचनअघि कांग्रेसको १५औँ महाधिवेशन : सभापति थापा « Khabarhub

स्थानीय निर्वाचनअघि कांग्रेसको १५औँ महाधिवेशन : सभापति थापा


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय र प्रदेशसभा निर्वाचनअघि पार्टीको १५औँ महाधिवेशन गर्ने प्रतिवद्धता जनाएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ मा शनिबार आयोजित चुनाव लक्षित कार्यक्रममा बोल्दै थापाले उम्मेदवार छनोटको पुरानो अभ्यास अन्त्य हुने दाबी समेत गरेका छन् ।

‘अब स्थानीय र प्रदेशको चुनाव अघिनै पार्टीको अधिवेशन हुनेछ, अधिवेशनबाट चुनिएको कार्यसमितिले उम्मेदवारको टिकट प्राइमरी इलेक्सनबाट वडाका साथीहरूले छान्नुहुन्छ,’ उनले भने ।

टिकटका लागि अब पार्टी नेतृत्व रिझाउनुपर्ने राजनीतिक संस्कारको अन्त्य भएकोमा कार्यकर्तालाई ढुक्क हुन आग्रह गरे ।

‘यो बदलिएको कांग्रेस हो, यहाँ पार्टी सभापतिको अँध्यारो कोठामा कोहीसँग पनि अप्राकृतिक सम्बन्ध हुँदैन,’ उनले भने ।

सभापति थापाले कांग्रेसभित्र गुटबन्दी र ६०/४० को भागबण्डा समाप्त भएको दाबी गर्दै समान व्यवहारको सिद्धान्तमा पार्टी अघि बढ्ने बताए ।

‘सुधारिएको कांग्रेस पार्टीमा अब कुनै गुट छैन, कांग्रेसले पार्टीभित्र पनि भागबण्डा गर्दैन, बाहिर पनि गर्दैन, सबैलाई समान व्यवहार गर्नेगरी पार्टी चल्छ,’ उनले भने ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  १२ : ०७ बजे

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको