नीति निर्माणका लागि कांग्रेस महामन्त्री पौडेलबाट सुझाव माग  « Khabarhub

नीति निर्माणका लागि कांग्रेस महामन्त्री पौडेलबाट सुझाव माग 


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप पौडेलले नीति निर्माणका लागि सुझाव सङ्कलन थालेका छन् ।

महामन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत नीति निर्माणका लागि सार्वजनिक सुझाव मागेका हुन् ।

आगामी पाँच वर्षका लागि काठमाडौं– ५ को नीति निर्माणमा अमूल्य सुझाव अपेक्षा गरेको छु,’ उनले भनेका छन् ।

नेता पौडेलले सबै नागरिकले सुझाव दिन सक्ने भन्दै अनलाइन तथा भौतिक दुवै माध्यमबाट सुझाव लिइरहेको बताए ।

‘यस क्षेत्र र राष्ट्रको नीति निर्माणका लागि दिएको विश्वासकै आधारमा प्रतिनिधि सभामा निर्वाचित भएको थिएँ’, उनले भने, ‘यसपालि आगामी कार्यकालका लागि नागरिकको चाहनाअनुसार अघि बढ्न सुझाव सङ्कलन थालेको हुँ ।’

महामन्त्री पौडेलले विभिन्न क्षेत्रका विशेषज्ञता प्राप्त क्षेत्रसँग भेटघाट गरेर समेत सुझाव सङ्कलन गरिरहेका छन् । विगतमा आफूले गरेको काम सार्वजनिक गर्दै प्राप्त सुझाव र विज्ञहरूको प्रतिक्रियाका आधारमा आगामी योजना समेत सार्वजनिक गर्ने तयारी भैरहेको उनको सचिवालयले जनाएको छ ।

कांग्रेस महामन्त्री समेत रहेका नेता पौडेलले पार्टीको चुनावी घोषणापत्रका लागि समेत विषय विज्ञहरुबाट सुझाव सङ्कलन गरिरहेका छन् ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  १२ : १७ बजे

भारी वर्षाका कारण न्यू प्लाजा क्षेत्र जलमग्न (तस्बिरहरू)

काठमाडौं– अविरल वर्षापछि काठमाडौंको न्यू प्लाजा क्षेत्र जलमग्न भएको छ।

‘मुटुमाथि ढुंगा राखी’ लेख्दा झन्डै मृत्युदण्ड !

काठमाडौं – स्वर सम्राट नारायण गोपालको यो कालजयी गीत :

स्वदेशमै रोजगार सिर्जना गर्न मन्त्री यादवको जोड

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार व्यवस्थित

त्रिविकै सेवा आयोगमा गैरप्राज्ञिक व्यक्ति, प्राध्यापक संघले गर्‍यो विरोध

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगमा

कांग्रेसका तीन नेताबीच छलफल, भोलि पनि भेटघाट हुने

काठमाडौं- नेपाली कांग्रेसका तीन नेताहरूले आज छलफल गरेका छन् ।