कांग्रेसमा स्थानीय तह बलियो बनाउने अभियान सुरु भएको छ : गगन थापा « Khabarhub

कांग्रेसमा स्थानीय तह बलियो बनाउने अभियान सुरु भएको छ : गगन थापा


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब स्थानीय तह बलियो बनाउने अभियान कांग्रेसमा सुरु भएको बताएका छन् । काठमाडौँ क्षेत्र नम्बर ४ को बुढानिलकण्ठमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले भने, ‘अब कांग्रेस बनाउने अभियान सुरु भएको छ। बदलिएको कांग्रेसले सबैको आवाज सुन्छ। युवाको आवाज सुन्छ। जेन-जीको आवाज सुन्छ।’

उनले अब अमूर्त कुरा नभएर कांग्रेसले कामलाई प्राथमिकता दिएर अगाडि बढ्ने प्रतिबद्धता जनाए । ‘कांग्रेसमा अब समय आएको छ बदलिने । नेपाललाई आगो चाहिएको छैन। नेपाललाई सम्हाल्ने शक्ति चाहिएको छ।’

बदलिएको कांग्रेसले देश सम्हाल्ने नेतृत्व चाहिएको भन्दै उनले देश सम्हाल्ने शक्ति युवामा रहेको जिकिर गरे। 

उनले देशलाई शासनमा र कार्यशैलीमा सुधार चाहिएको बताए । उनले सबै जना संविधानमा प्रतिबद्धता रहेकाले संविधानमा बदल्ने कुरा धेरै रहेको तर त्यसका लागि युवाहरूले साथ दिनुपर्ने बताए । 

‘कांग्रेस नेपाल राज्‍यमा रहेको सबैको हो । झुपडीमा बसेका नागरिक र महलमा बसेका नागरिकको हो। अझ पिँधमा रहेको व्यक्तिको नजिकको पार्टी हो कांग्रेस उनले भने, ‘तर देश बनाउन सबैको जरूरी छ। पार्टीले भागबन्डा गर्न नपाओस् । अनि सुशासन आउँछ ।’

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  १२ : ४६ बजे

शनिबार ईदको विदा

काठमाडौं– नेपाल सरकार, गृह मन्त्रालयले भोलि शनिबार इस्लाम धर्मावलम्बीहरूको पर्व

प्रधानमन्त्री कार्कीद्वारा महोत्तरीको गाई गौशाला निरीक्षण

जलेश्वर– प्रधानमन्त्री सुशीला कार्कीले आज महोत्तरीको गौशाला नगरपालिकामा अवस्थित गाई

वर्षाले काठमाडौंमा ट्राफिक जाम बढ्यो, सुरक्षित यात्रा गर्न आग्रह

काठमाडौं– काठमाडौंमा हुरीबताससहितको वर्षा जारी रहँदा सहरका विभिन्न सडकखण्डमा ट्राफिक

लज्जास्पद हारबारे कांग्रेसको निष्कर्ष : चुनावी गठबन्धन घातक, एमालेसँग सत्ता सहकार्यले सबैभन्दा घाटा

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ को निर्वाचनमा पराजयलाई विगतमा गरिएको