वैज्ञानिक समाजवादी नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदै « Khabarhub

वैज्ञानिक समाजवादी नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदै


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको एकता पक्षधर समूह नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएको छ।

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल परित्याग गर्दै केन्द्रदेखि जिल्ला तहसम्मका नेतृत्त्वसहितको एकता पक्षधर समूह आज नेपाली कम्युनिष्ट पार्टीमा औपचारिक रूपमा समाहित हुन लागेको हो। आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना हुने कार्यक्रममा उनीहरू समाहित हुने जनाइएको छ।

समाहित हुने नेतृत्त्वमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य तथा कार्यालय एवं सचिवालय सदस्य धनकुमारी सुनारको नेतृत्व रहेको छ। उनका साथमा केन्द्रीय प्रबुद्ध समिति सल्लाहकार सदस्य गणेश रसाइली, केन्द्रीय सदस्य तथा महिला संगठन सुदूर प्रदेश संयोजक यसोदा बराल, कैलाली जिल्ला पार्टी सदस्य तथा जात व्यवस्था उन्मूलन मोर्चा जिल्ला संयोजक विक्रम सुनारलगायत नेता–कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नेछन्।

यसैगरी तुलशी परियार, प्रिया बराल, दिपा राना, हेमा सुनार, संगीता सिजापति, करीता सिजापती, सुमित्रा खाति, शर्मिला जिजार, कमला पिसी तथा कञ्चनपुर जिल्ला महिला संगठन संयोजक रीता नेपालीसहितका नेता–कार्यकर्ताहरू पनि समाहित हुने कार्यक्रम रहेको छ।

कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालले नवप्रवेशी नेता–कार्यकर्तालाई स्वागत गर्नेछन्। पार्टी एकता र वामपन्थी आन्दोलनलाई थप सुदृढ बनाउने उद्देश्यका साथ यो समायोजन हुन लागेको बताइएको छ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  १ : ०६ बजे

कुन्ती पोखरेलको ठहर : जितेका उम्मेदवारले निर्वाचनक्षेत्र फेर्दा जनता ठगिए 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोखरेलले यसपटकको

मध्यपूर्व तनावबीच अमेरिका–इजरायल–साउदी अरब हतियार सम्झौता

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इजरायल र साउदी अरबलाई ठूलो परिमाणमा

सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

कङ्गोमा कोल्टान खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु

एजेन्सी– अफ्रिकी देश कङ्गोको रुबाया क्षेत्रमा अवस्थित कोल्टान खानीहरूमा भएको

काठमाडौंका फुटपाथमा काम गरेर खाने मजदुरको गाँस खोसिँदैन : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको कार्यकालमा नेपाली युवाहरू