दोलखा– नेकपा एमालेमा आबद्ध दोलखा तामाकोशीका युवाहरू विराज श्रेष्ठ, राजीव श्रेष्ठ, डोरबहादुर भण्डारी र उद्धव भुजेल नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
उनीहरूलाई प्रतिनिधि सभा सदस्यका उम्मेदवार अजय बाबु शिवाकोटीले पार्टीमा स्वागत गरेका हुन्। स्वागत कार्यक्रममा शिवाकोटीले लोकतन्त्र, समावेशी राजनीति र युवाको सक्रिय सहभागिताबाट मात्रै देशमा सकारात्मक परिवर्तन सम्भव हुने बताए।
कांग्रेस प्रवेश गरेका युवाहरूले वर्तमान राजनीतिक अवस्थाले नयाँ सोच र जिम्मेवार नेतृत्वको खाँचो देखाएको भन्दै त्यसका लागि नेपाली कांग्रेस उपयुक्त विकल्प भएको धारणा व्यक्त गरे।
कार्यक्रममा कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।













प्रतिक्रिया