रास्वपाका दर्जनौँ नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश « Khabarhub

रास्वपाका दर्जनौँ नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

राजविराज– राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुपुर गाउँपालिका अध्यक्ष पदका प्रत्यासी मुनिलाल खंगसहित दर्जनौँ नेता–कार्यकर्ताले पार्टी परित्याग गरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

सप्तरी क्षेत्र नम्बर ३ अन्तर्गत जमुनी मधेपुरामा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशीहरुलाई माला र टीका लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

तत्कालीन जमुनी मधेपुरा गाउँ विकास समितिका पूर्व अध्यक्षसमेत रहेका खंग केही दिनअघि मात्रै रास्वपामा प्रवेश गरी स्थानीय तहमा सक्रिय रहेका थिए । खंगसहित कार्यकर्ता तथा समर्थकहरू जसपा नेपालमा प्रवेश गरेसँगै सो क्षेत्रमा पार्टीको संगठन थप बलियो बनेको जसपा नेपालका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।

पार्टी प्रवेशपछि बोल्दै खंगले मधेश र मधेशी जनताको हकअधिकारका लागि निरन्तर संघर्ष गर्दै आएको दल भएकाले आफू जसपा नेपालमा आबद्ध भएको बताए । सप्तरी जिल्ला विकासको दृष्टिले अझै पछि परेकाले विकास र समृद्धिका लागि पार्टी अध्यक्ष उपेन्द्र यादवलाई आ–आफ्नो स्थानबाट भारी मत दिएर सहयोग गर्न उनले आमजनतासमक्ष आग्रह गरे ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ३ : ३७ बजे

सरकारले युवा स्वदेश राख्ने वातावरण बनाउनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले युवा पुस्ताको आन्दोलनमार्फत नेपाली जनताले प्रकट

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई

अंश विवादले पोखराकी सिर्जनाको हत्या, ‘भाञ्जा’ले नै सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक