निर्वाचन आचारसंहिता कार्यान्वयनमा भोजपुरका सबैपक्ष प्रतिबद्ध « Khabarhub

निर्वाचन आचारसंहिता कार्यान्वयनमा भोजपुरका सबैपक्ष प्रतिबद्ध


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भोजपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गराउन भोजपुरमा निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । उम्मेदवार तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले निर्वाचन आयोगबाट जारी आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद दाहालले शान्तिपूर्ण, निष्पक्ष र उत्साहजनक सहभागितामा निर्वाचन सम्पन्न गराउन सबै सरोकारवालाको साझा दायित्व रहेको बताए। उनले मतदाता शिक्षालाई प्रभावकारी बनाउँदै आचारसंहिता कार्यान्वयनमा कडाइ गर्नुपर्ने आवश्यकता औँल्याए ।

त्यस्तै, प्रमुख जिल्ला अधिकारी राजन पौडेलले स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा मतदाताले निर्भिक रूपमा आफ्नो मताधिकार प्रयोग गर्न पाउने अवस्था सिर्जना भएमा मात्रै लोकतन्त्र सुदृढ हुने बताए। उनले जिल्लामा सोही वातावरण निर्माण गर्न सबैपक्ष जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए ।

राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज तथा अन्य सरोकारवालाले निर्वाचन आचारसंहिताका प्रावधान, सुरक्षा व्यवस्थाको तयारी, दलहरूबीच आपसी समन्वय तथा सहकार्यको भूमिका खेल्ने बताएका छन् ।

भोजपुर जिल्लामा निर्वाचनका लागि १२ राजनीतिक दलका १२ उम्मेदवार प्रतिस्पर्धामा छन् । निर्वाचन प्रयोजनका लागि जिल्लामा ८७ मतदान स्थल र १६१ मतदान केन्द्र निर्धारण गरिएको छ ।

जिल्लाको कूल मतदाता सङ्ख्या एक लाख २५ हजार ७६६ रहेको छ । निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू आआफ्ना एजेन्डासहित मतदातासम्म पुग्ने अभियानमा सक्रिय भएका छन् ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ३ : ५० बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग