पाकिस्तानमा भएको आक्रमणमा ३८ जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा भएको आक्रमणमा ३८ जनाको मृत्यु


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले आतंकवादी आक्रमणको प्रतिक्रिया जनाउदा कम्तीमा १० जना सुरक्षा अधिकारी र ३७ जना आतंकवादी मारिएको सुरक्षा स्रोतहरूले शनिबार बताएको छ ।

प्रतिबन्धित बलुचिस्तान लिबरेसन आर्मी (बिएलए) ले क्वेटा, नोस्की र ग्वादर जिल्लाहरूसहित एक दर्जन भन्दा बढी स्थानमा एकसाथ आक्रमण गरेको स्रोतलाई उदृत गर्दै सिन्ह्वाले बताएको छ । 

सुरक्षा प्रतिष्ठान र सरकारी लक्ष्यलाई लक्षित गरी आक्रमण गरिएको स्रोतहरूले बताएका छन् । पाकिस्तानी सशस्त्र बल, फ्रन्टियर कप्र्स र बलुचिस्तान प्रहरीले तीव्र गोलीबारीपछि आतंकवादीहरूको योजना विफल पार्दै द्रुत प्रतिक्रिया दिएको स्रोतले बताएका छन् ।

अधिकारीहरूका अनुसार झडपमा धेरै सुरक्षाकर्मीहरू पनि घाइते भएका छन् । सुरक्षा स्रोतका अनुसार विगत ४८ घण्टामा यस क्षेत्रमा कुल ८८ जना आतंककारी मारिएका छन् ।

बाँकी रहेका आतंककारीहरूलाई हटाउन र पूर्ण सुरक्षा पुनर्स्थापना गर्न प्रभावित क्षेत्रमा सरसफाइ अभियान जारी रहेको स्रोतहरूले जनाएको छन् 
 

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ४ : ४४ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग