हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै « Khabarhub

हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध बनेको माथिल्लो मुस्ताङ जोड्ने (कागबेनी–कोरला) सडकको बाक्लो हिउँ पन्छ्याउन सुरु भएको छ । शुक्रबारदेखि कोरलानाका जोड्ने सडकको हिउँ पन्छ्याउन सुरु गरिएको हो ।

अवरुद्ध नेपाल–चीन जोड्ने कोरला सडकअन्तर्गत आज बिहानदेखि हिउँ पन्छाएर लोमान्थाङसम्मको सडक सञ्चालनमा ल्याइएको छ । 

जिल्ला प्रशासन कार्यालयसहित लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको संयुक्त पहलमा कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाको उपकरण प्रयोग गरी मुस्ताङको छुसाङदेखि लोमान्थाङसम्म सडकको हिउँ सफा गरिएको हो । 

लोमान्थाङदेखि कोरलानाकासम्मको २५ किलोमिटर सडकको हिउँ पन्छ्याउने काम भइरहेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट ९बिओपी०का सशस्त्र प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए।

उनका अनुसार करिडोर सडकको उपकरणसहित सशस्त्र प्रहरी टोलीले कोरला नाका सडकको हिउँ पन्छ्याउन जुटेको जानकारी दिए ।

यसअघि मङ्गलबार राति माथिल्लो मुस्ताङमा भारी हिमपात हुँदा कागबेनी–कोरला सडकमा दुई फिटभन्दा बढी हिउँ जमेको थियो । सोही कारण जोमसोम–कोरला सडक पूर्ण रुपमा अवरुद्ध हुन पुगेको थियो ।

भारी हिमपातका कारण माथिल्लो मुस्ताङको कोरला सडक अवरुद्ध हुँदा स्थानीय नागरिक, सुरक्षाकर्मी, पर्यटक, व्यापारीहरु र निर्वाचनका लागि मतदान केन्द्र तथा मतदानस्थलको अनुगमनकार्य खटिएकाहरुलाई कठिनाइ भइरहेको छ ।

शुक्रबार कोरला सडक आयोजनाको सडक खन्ने उपकरणले मुस्ताङको छुसाङदेखि माथि कोरलानाकासम्मको सडकमा जमेको हिउँ पन्छ्याउने काम भइरहेको आयोजनाले जनाएको ।

यसैगरी कोरला सडक आयोजनाको सम्पूर्ण खर्च व्यवस्थापन गर्नेगरी लोमान्थाङ गाउँपालिकाको सडक खन्ने उपकरण डोजरले लोमान्थाङबाट तल सडकमा जमेको हिउँ पन्छाइएको थियो । 

हिमपातले अवरुद्ध कोरला सडकलाई जतिसक्दो छिटोछरितो रुपमा सञ्चालनमा ल्याउने गरी आयोजनाले दुई वटा डोजर एकैसाथ तल र माथि परिचालित गरी लोमान्थाङसम्मको सडक सञ्चालनमा ल्याइसकेको र लोमान्थाङदेखि कोरलानाकासम्म सडकको हिउँ पन्छाउनु सुरु गरिएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए । 

सडक अवरुद्धका कारण माथिल्लो मुस्ताङको जनजीवन प्रभावित बनेकोमा शनिबारदेखि माथिल्लो क्षेत्रको जनजिवन सामान्यीकरण बन्दै गएको आयोजना प्रमुख शर्माको भनाइ छ । अवरुद्ध सडक सञ्चालनमा आइसकेकाले माथिल्लो मुस्ताङमा खाद्यान्न ढुवानी गर्न सहज भएको आयोजना प्रमुख शर्माले बताए।

हिमपातले अवरुद्ध माथिल्लो मुस्ताङस्थित लोमान्थाङ सडकसम्मको सडक सञ्चालनमा आइसकेको छ । लोमान्थाङदेखि कोरला नाकासम्मको २५ किलोमिटर दूरीमा रहेको सडकको हिउँ पन्छाउने काम शनिबारदेखि सुरु गरिएको आयोजनाले जनाएको छ । 

त्यहाँ पनि आयोजनाले डोजर परिचालित गरी एक दुई दिनभित्र सडक सञ्चालनमा ल्याउने गरी काम गरेको आयोजना प्रमुख शर्माले बताए। यसअघि स्थानीय प्रशासन र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पहलमा हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक सञ्चालनमा ल्याइएको थियो ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ५ : ०१ बजे

अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’ नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले बिमामा आबद्ध सबै स्वास्थ्य संस्थालाई  बिरामीलाई

रेडक्रस सोसाइटीले राजनीतिबाट मुक्त भई निष्पक्ष कार्यसम्पादन गर्नुपर्छः गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल रेडक्रस सोसाइटीले राजनीतिबाट टाढा रहेर

निर्वाचनमा जिम्मेवार भूमिका निर्वाह गर्न सञ्चारमाध्यमलाई उपराष्ट्रपतिको आह्वान

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आसन्न प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र

बालबालिकामा पनि हुनसक्छ ‘ग्यास्ट्रिक’

काठमाडौं– सामान्यता ठूला मानिसलाई हुने ‘ग्यास्ट्रिक’ बालबालिका पनि हुने गर्दछ

नेपाल यू-२० महिला र युनान युथ टोलीबीच प्रतिस्पर्धा

काठमाडौं– चिनिया नयाँ वर्षको उपलक्ष्यमा नेपालको यू–२० महिला फुटबल टोलीले