क्यानडाको अर्थतन्त्रमा सेवा क्षेत्रको महत्वपूर्ण भूमिका « Khabarhub

क्यानडाको अर्थतन्त्रमा सेवा क्षेत्रको महत्वपूर्ण भूमिका


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– क्यानडाको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) नोभेम्बर सन् २०२५ मा लगभग स्थिर रहेको छ । वस्तु उत्पादन गर्ने उद्योगहरूमा आएको संकुचनले सेवा क्षेत्रको विस्तारलाई सन्तुलनमा ल्याएको तथ्यांक क्यानडाले शुक्रबार सार्वजनिक गरेको छ ।

राष्ट्रिय तथ्यांक निकाय  क्यानडाका अनुसार नोभेम्बर महिनामा वस्तु उत्पादन गर्ने उद्योगहरू ०.३ प्रतिशतले घटेका छन् । पछिल्ला चार महिनामध्ये यो तेस्रो पटक गिरावट आएको हो । 

यस गिरावटको मुख्य कारण उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्र तथा कृषि, वन, माछापालन र सिकारसम्बन्धी क्षेत्रहरूमा आएको सङ्कुचन रहेको छ ।

यता सेवा उत्पादन गर्ने उद्योगहरू भने ०.१ प्रतिशतले बढेका छन् । खुद्रा व्यापार, शैक्षिक सेवा, तथा यातायात र भण्डारण क्षेत्रहरूमा देखिएको विस्तारले सेवा क्षेत्रलाई सकारात्मक बनाएको तथ्यांक क्यानडाले जनाएको छ ।

प्रारम्भिक तथ्यांकअनुसार डिसेम्बर २०२५ मा वास्तविक जीडीपी ०.१ प्रतिशतले वृद्धि भएको अनुमान गरिएको छ । यस अवधिमा उत्पादन र थोक व्यापार क्षेत्रमा वृद्धि देखिए पनि खानी, ढुङ्गा उत्खनन तथा तेल र ग्यास उत्खनन क्षेत्रमा आएको गिरावटले समग्र वृद्धिलाई आंशिक रूपमा सन्तुलनमा ल्याएको छ ।

डिसेम्बरको अनुमानसमेत समेट्दा, उद्योगगत वास्तविक जीडीपीको आधारमा क्यानडाको अर्थतन्त्र सन् २०२५ को चौथो त्रैमासिकमा ०.१ प्रतिशतले घटेको देखिन्छ भने समग्र सन् २०२५ मा अर्थतन्त्र १.३ प्रतिशतले वृद्धि भएको तथ्यांक क्यानडाले जनाएको छ ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ५ : १४ बजे

अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’ नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले बिमामा आबद्ध सबै स्वास्थ्य संस्थालाई  बिरामीलाई

रेडक्रस सोसाइटीले राजनीतिबाट मुक्त भई निष्पक्ष कार्यसम्पादन गर्नुपर्छः गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल रेडक्रस सोसाइटीले राजनीतिबाट टाढा रहेर

निर्वाचनमा जिम्मेवार भूमिका निर्वाह गर्न सञ्चारमाध्यमलाई उपराष्ट्रपतिको आह्वान

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आसन्न प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र

बालबालिकामा पनि हुनसक्छ ‘ग्यास्ट्रिक’

काठमाडौं– सामान्यता ठूला मानिसलाई हुने ‘ग्यास्ट्रिक’ बालबालिका पनि हुने गर्दछ

नेपाल यू-२० महिला र युनान युथ टोलीबीच प्रतिस्पर्धा

काठमाडौं– चिनिया नयाँ वर्षको उपलक्ष्यमा नेपालको यू–२० महिला फुटबल टोलीले