क्यानडाको अर्थतन्त्रमा सेवा क्षेत्रको महत्वपूर्ण भूमिका « Khabarhub

क्यानडाको अर्थतन्त्रमा सेवा क्षेत्रको महत्वपूर्ण भूमिका


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– क्यानडाको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) नोभेम्बर सन् २०२५ मा लगभग स्थिर रहेको छ । वस्तु उत्पादन गर्ने उद्योगहरूमा आएको संकुचनले सेवा क्षेत्रको विस्तारलाई सन्तुलनमा ल्याएको तथ्यांक क्यानडाले शुक्रबार सार्वजनिक गरेको छ ।

राष्ट्रिय तथ्यांक निकाय  क्यानडाका अनुसार नोभेम्बर महिनामा वस्तु उत्पादन गर्ने उद्योगहरू ०.३ प्रतिशतले घटेका छन् । पछिल्ला चार महिनामध्ये यो तेस्रो पटक गिरावट आएको हो । 

यस गिरावटको मुख्य कारण उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्र तथा कृषि, वन, माछापालन र सिकारसम्बन्धी क्षेत्रहरूमा आएको सङ्कुचन रहेको छ ।

यता सेवा उत्पादन गर्ने उद्योगहरू भने ०.१ प्रतिशतले बढेका छन् । खुद्रा व्यापार, शैक्षिक सेवा, तथा यातायात र भण्डारण क्षेत्रहरूमा देखिएको विस्तारले सेवा क्षेत्रलाई सकारात्मक बनाएको तथ्यांक क्यानडाले जनाएको छ ।

प्रारम्भिक तथ्यांकअनुसार डिसेम्बर २०२५ मा वास्तविक जीडीपी ०.१ प्रतिशतले वृद्धि भएको अनुमान गरिएको छ । यस अवधिमा उत्पादन र थोक व्यापार क्षेत्रमा वृद्धि देखिए पनि खानी, ढुङ्गा उत्खनन तथा तेल र ग्यास उत्खनन क्षेत्रमा आएको गिरावटले समग्र वृद्धिलाई आंशिक रूपमा सन्तुलनमा ल्याएको छ ।

डिसेम्बरको अनुमानसमेत समेट्दा, उद्योगगत वास्तविक जीडीपीको आधारमा क्यानडाको अर्थतन्त्र सन् २०२५ को चौथो त्रैमासिकमा ०.१ प्रतिशतले घटेको देखिन्छ भने समग्र सन् २०२५ मा अर्थतन्त्र १.३ प्रतिशतले वृद्धि भएको तथ्यांक क्यानडाले जनाएको छ ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ५ : १४ बजे

ह्वाट्सएपको ‘युजरनेम’ सुविधाप्रति भारतको आपत्ति

एजेन्सी- भारत सरकारले अनलाइन ठगी र साइबर अपराध बढ्न सक्ने चिन्ता

भारी वर्षाका कारण न्यू प्लाजा क्षेत्र जलमग्न (तस्बिरहरू)

काठमाडौं– अविरल वर्षापछि काठमाडौंको न्यू प्लाजा क्षेत्र जलमग्न भएको छ।

‘मुटुमाथि ढुंगा राखी’ लेख्दा झन्डै मृत्युदण्ड !

काठमाडौं – स्वर सम्राट नारायण गोपालको यो कालजयी गीत :

स्वदेशमै रोजगार सिर्जना गर्न मन्त्री यादवको जोड

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार व्यवस्थित

त्रिविकै सेवा आयोगमा गैरप्राज्ञिक व्यक्ति, प्राध्यापक संघले गर्‍यो विरोध

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगमा