भेनेजुएलामा आम माफी विधेयक प्रस्तुत, राजनीतिक बन्दीको सम्भावित रिहाइ « Khabarhub

भेनेजुएलामा आम माफी विधेयक प्रस्तुत, राजनीतिक बन्दीको सम्भावित रिहाइ


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले आम माफी विधेयक प्रस्तुत गरेकी छन् । जसले राजनीतिक कारणले जेलमा रहेका सयौं व्यक्तिहरूको रिहाइको अवसर प्रदान गर्न सक्छ । 

यसमा विपक्षी नेता, पत्रकार र मानवअधिकारकर्मीहरू पनि समावेश हुन सक्ने सम्भावना छ । अमेरिकी समर्थन प्राप्त विपक्षी समूहले यस कदमको अपेक्षा लामो समयदेखि गरेका थिए ।

रोड्रिगेजले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि संसदमा विधेयकलाई प्राथमिकताका साथ विचार गर्न आग्रह गरे। उनले समारोहमा भनिन्,’यो कानूनले राजनीतिक द्वन्द्वका कारण उत्पन्न घाउहरू निको पारोस्, न्यायको पुनर्निर्देशन गरोस् र भेनेजुएलियनहरूबीच सहअस्तित्वलाई प्रोत्साहन गरोस् ।’

साथै, उनले काराकसको हेलिकोइड जेल बन्द गर्ने घोषणा गरे, र यसलाई भविष्यमा खेलकुद, सामाजिक तथा सांस्कृतिक केन्द्रमा रूपान्तरण गर्ने योजना रहेको छ ।

हाल भेनेजुएलामा राजनीतिक गतिविधिका कारण करिब ७११ जना व्यक्तिहरू जेलमा रहेका छन्, जसमा १८३ जना सजाय भोगिसकेका छन् । प्रमुख विपक्षी नेता र समर्थकहरूमा पूर्व सांसद फ्रेडी सुपरलानो, माचाडोका कानूनी सल्लाहकार पर्किन्स रोचा र पूर्व गभर्नर जुआन पाब्लो गुआनिपा समावेश छन् ।

आम माफी कानूनले १९९९ देखि हालसम्मको राजनीतिक हिंसाको अवधि समेट्नेछ, तर हत्या, लागूपदार्थ व्यापार, भ्रष्टाचार तथा मानवअधिकार उल्लङ्घनमा दोषी ठहर भएका व्यक्तिहरू यसबाट लाभान्वित हुने छैनन् । 

सामाजिक तथा मानवअधिकार संस्थाहरूले यस कदमको स्वागत गर्दै पनि पारदर्शिताको आवश्यकतालाई जोड दिएका छन् ।
 

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ७ : २० बजे

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई

अरुण गोविलले चुरोट तानेको देखेपछि दर्शकको प्रश्न– हामी देवता मान्ने, तिमी चुरोट खाने ?

भारतीय टेलिभिजन इतिहासमा केही यस्ता क्षण छन्, जसले केवल मनोरञ्जन

दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र

काठमाडौँ– नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना

फेवाताल किनारका अस्थायी संरचना भत्काइयो, पर्यटन व्यवसायी शाक्यको ‘वाटर फ्रन्ट’मा पनि डोजर

पोखरा– पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत रहेका अस्थायी संरचनामा डोजर

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला