भेनेजुएलामा आम माफी विधेयक प्रस्तुत, राजनीतिक बन्दीको सम्भावित रिहाइ « Khabarhub

भेनेजुएलामा आम माफी विधेयक प्रस्तुत, राजनीतिक बन्दीको सम्भावित रिहाइ


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले आम माफी विधेयक प्रस्तुत गरेकी छन् । जसले राजनीतिक कारणले जेलमा रहेका सयौं व्यक्तिहरूको रिहाइको अवसर प्रदान गर्न सक्छ । 

यसमा विपक्षी नेता, पत्रकार र मानवअधिकारकर्मीहरू पनि समावेश हुन सक्ने सम्भावना छ । अमेरिकी समर्थन प्राप्त विपक्षी समूहले यस कदमको अपेक्षा लामो समयदेखि गरेका थिए ।

रोड्रिगेजले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि संसदमा विधेयकलाई प्राथमिकताका साथ विचार गर्न आग्रह गरे। उनले समारोहमा भनिन्,’यो कानूनले राजनीतिक द्वन्द्वका कारण उत्पन्न घाउहरू निको पारोस्, न्यायको पुनर्निर्देशन गरोस् र भेनेजुएलियनहरूबीच सहअस्तित्वलाई प्रोत्साहन गरोस् ।’

साथै, उनले काराकसको हेलिकोइड जेल बन्द गर्ने घोषणा गरे, र यसलाई भविष्यमा खेलकुद, सामाजिक तथा सांस्कृतिक केन्द्रमा रूपान्तरण गर्ने योजना रहेको छ ।

हाल भेनेजुएलामा राजनीतिक गतिविधिका कारण करिब ७११ जना व्यक्तिहरू जेलमा रहेका छन्, जसमा १८३ जना सजाय भोगिसकेका छन् । प्रमुख विपक्षी नेता र समर्थकहरूमा पूर्व सांसद फ्रेडी सुपरलानो, माचाडोका कानूनी सल्लाहकार पर्किन्स रोचा र पूर्व गभर्नर जुआन पाब्लो गुआनिपा समावेश छन् ।

आम माफी कानूनले १९९९ देखि हालसम्मको राजनीतिक हिंसाको अवधि समेट्नेछ, तर हत्या, लागूपदार्थ व्यापार, भ्रष्टाचार तथा मानवअधिकार उल्लङ्घनमा दोषी ठहर भएका व्यक्तिहरू यसबाट लाभान्वित हुने छैनन् । 

सामाजिक तथा मानवअधिकार संस्थाहरूले यस कदमको स्वागत गर्दै पनि पारदर्शिताको आवश्यकतालाई जोड दिएका छन् ।
 

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ७ : २० बजे

मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत

विराटनगर – नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश समितिले चार जना

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदे

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट

तेहरान – इरानको खाडी तटमा रहेको बन्दर अब्बास शहरको एक

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न

आजका समाचार : घरदैलो अभियानमा व्यस्त उम्मेदवार, ओलीले मागे चुनावी सुरक्षा र गाजामा इजरायली आक्रमण जारी

न्यु टेस्टका नाममा देशलाई प्रयोगशाला नबनाऔँ : प्रवक्ता चालिसे नेपाली