मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत « Khabarhub

मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

विराटनगर – नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश समितिले चार जना स्रष्टालाई पुरस्कृत गरेको छ । मुक्तक दिवसका अवसर पारेर आज विराटनगरमा आयोजित कार्यक्रममा प्रतिष्ठानले वरिष्ठ साहित्यकार प्राडा गोविन्दराज भट्टराईसहित चार जनालाई नगदसहित पुरस्कृत गरेको हो ।

प्रतिष्ठानले रु १५ हजार नगद राशिको ‘नरनाथ–नन्दकुमारी पोखरेल स्मृति पुरस्कार’ साहित्यकार भट्टराईलाई समर्पण गरेको छ । सीताराम पोखरेलसहित परिवारले स्थापना गरेको सो पुरस्कार राशिसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो ।

त्यस्तै मनमाया दाहालसहितको परिवारद्वारा स्थापित रु १५ हजार राशिको ‘नन्दलाल दाहाल स्मृति पुरस्कार’ साहित्यकार डा कौशिला रिसाललाई प्रदान गरिएको छ । छमनादेवी–रामप्रसाद पोखरेल स्मृति पुरस्कारबाट अग्रज साहित्यकार मधु पोखरेल पुरस्कृत भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि प्राडा टङ्कप्रसाद न्यौपाने, आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेल, पुरस्कारका संस्थापक तारानाथ पोखरेल, सीता पोखरेललगायतले साहित्यकार पोखरेललाई दोसल्ला ओढाएर नगद १० हजारसहित सम्मानपत्र प्रदान गरेका थिए ।

बाबुराम पोखरेल र मनोहरि पोखरेलले स्थापना गरेको ‘माधव–नर्मदादेवी पोखरेल स्मृति पुरस्कार’ इलामका साहित्यकार शिव अधिकारीलाई प्रदान गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि न्यौपानेसहित आयोजक संस्थाका अध्यक्ष पोखरेल, प्राध्यापक कविराज न्यौपाने, साहित्यकार सरला चापागाईंसहित संस्थापकहरूले पुरस्कार राशि र सम्मानपत्र समर्पण गरेका थिए ।

कार्यक्रमका वक्ताहरूले प्रतिष्ठानले मुक्तकको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको चर्चा गरे ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ८ : ५४ बजे

धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको परीक्षण सुरु

धनकुटा – धनकुटा नगरपालिकामा खाम्बेलामा कोदोका १० विभिन्न जातका कार्यमुखी

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै पाटेबाघ

कञ्चनपुर – कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्याप्त आहारा प्रजातिको उपलब्धता

स्पिकर बजाउने तयारी गर्दै गर्दा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु

बारा – बाराको फेटा गाउँपालिकामा करेन्ट लागेर १८ वर्षीय युवकको

मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीले मतदाता नामावली दर्ता

इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी

सुराबाया – जाभा टापुको एउटा राष्ट्रिय निकुञ्जमा विनाशकारी डढेलोले ५००