विपद्का १४ मध्ये १२ वटा आगलागी र डढेलोका घटना « Khabarhub

विपद्का १४ मध्ये १२ वटा आगलागी र डढेलोका घटना


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो २४ घण्टामा विभिन्न विपद्का १४ घटनामध्ये १२ वटा आगलागी र डढेलोका रहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

ती घटनामा परेर तीन जना महिला घाइते भएका छन् भने जनावरको आक्रमणबाट एक जना घाइते भएका छन् । प्राधिकरणकी प्रवक्ता शान्ति महतले पछिल्लो समयमा आगलागीका घटना बढिरहेका बताए । विद्युत् सर्ट हुने, आगो ताप्दा कपडामा सल्किनेलगायत घटना भइरहेका उनको भनाइ छ ।

पछिल्लो २४ घण्टाको अवस्था हेर्दा असावधानीका कारण आगो लाग्दा तीन जना घाइते भएका महतले उल्लेख गरे । प्राधिकरणका अनुसार झापा, मोरङ, धनकुटा, सोलुखुम्बू, खोटाङ, सर्लाही, बारा, कपिलवस्तु, कैलालीमा आगलागीका घटना भएका छन् भने सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको एक भीरमा डढेलो लागेको छ ।

प्राधिकरणबाट प्राप्त २४ घण्टाको विवरणमा सर्लाहीको ईश्वरपुर नगरपालिका–६ बस्ने ६७ वर्षीया महिलाको आगो ताप्ने क्रममा सारीमा आगो सल्किएर पेट भन्दा तल्लो भागमा जली घाइते भएकी छिन् । शरीरको ३० प्रतिशत भाग जलेकी निजको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ की ६८ वर्षकी महिला आगो ताप्ने क्रममा जलेर गम्भीर घाइते भएकी छिन् भने निजको ललितपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । कैलालीको धनगढी उपमहानगरपालिकाकी ८९ वर्षीया महिला आगो ताप्ने क्रममा पछाडि कपडाबाट आगो सल्किएर घाइते भएकी प्राधिकरणले जनाएको छ । निजलाई उपचारका लागि निसर्ज अस्पतालमा लगिएको छ ।

ती आगलागीबाट आठ वटा पशुचौपाय क्षति भएका छन् भने ३७ लाखभन्दा बढीको भौतिक क्षति भएको प्राधिकरणकी प्रवक्ता महतले जानकारी दिए । मोरङ र अछाममा भने जनावरको आक्रमणका घटना भएका छन् । अछाममा जनावरको आक्रमणबाट एक जना घाइते भएका प्राधिकरणले जनाएको छ ।

यसैबीच, प्राधिकरणले आगो ताप्ने क्रममा कपडामा सल्किएर शरीर जल्ले र ज्यानै जाने घटना भइरहेकाले विशेष ध्यान दिन र सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ९ : ५० बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना