साफ यू–१९ महिला च्याम्पियनसिप : नेपाल भारतसँग पराजित « Khabarhub

साफ यू–१९ महिला च्याम्पियनसिप : नेपाल भारतसँग पराजित


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा आजदेखि सुरु भएको साफ यू–१९ महिला च्याम्पियनसिप फुटबलमा नेपाल १–० गोलले भारतसँग पराजित भएको छ । पोखरा रङ्गशाालास्थित फुटबल मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोेस्रो हाफको चौथो मिनेटमा भारतकी पर्ल फर्नानडेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । नेपाल एक गोलले पछि परेपछि खेलमा फर्कन प्रयास गरे पनि सफल हुन सकेन । घरेलु टोली नेपाललाई निराश बनाएको भारत आफ्नो पहिलो खेलमा तीन अङ्क जोड्न सफल भएको छ । नेपालले अब भुटानसँग सोमबार दोस्रो खेल खेल्नेछ ।

यसअघि आजै सम्पन्न पहिलो खेलमा बंगलादेशले भुटानलाई १२–० को फराकिलो अन्तरले हराउन सफल भएको छ । बगलादेशले पहिलो हाफमा चार गोल गर्दा दोस्रो हाफमा थप आठ गोल गर्न सफल भयो । बङ्गलादेशकी मोस्ट मुन्की अख्तरले चार तथा श्रीमोती तृष्ना रानी र अल्पी अख्तरले ह्याट्रिक गरिन् । मामोनी चक्का र अर्पिता विश्वास अर्पिताले समान एक गोल गरेकी हुन् ।

प्रतियोगितामा चार टोलीले भाग लिएका छन् । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)को समन्वय तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा हुने प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन हुनेछ । जहाँ प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्ने छन् । प्रतियोगिताको लिग चरणपछि शीर्ष दुई टोलीले माघ २४ मा हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  १० : ०० बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न