चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट « Khabarhub

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न मिल्ने ‘पिजी’ सर्टिफिकेट दिएको छ । राजु शाहको निर्देशन रहेको यो चलचित्रलाई समितिले पिजी सर्टिफिकेट दिएको हो । गत निफ फिल्म फेस्टिभलमा शुभमुहूर्त गर्दै छायांकनमा निस्किएको यो चलचित्र नगरकोटको आसपासका स्थानमा छायांकन गरिएको छ ।

राजेन्द्र भट्टको निर्माण रहेको चलचित्रमा सानबी खतिवडा, पदम गुरुङ र कमला दाहालको मुख्य भूमिका छ । सानबी, पदम र कमलाका अलवा चलचित्रमा रमेश उप्रेती, मञ्जु श्रेष्ठ, सुवास गजुरेल, रमेश अधिकारी, लक्ष्मी तिमिल्सेना, स्मारिका खनाललगायतको पनि अभिनय समेटिएको छ ।

सुकुलढोका मिडिया प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रमा कथा, पटकथा, संवाद सुनिलप्रसाद श्रेष्ठ, राजु शाह र राजेन्द्र भट्टको रहेको छ । चलचित्रको निर्मातामा सुनिलप्रसाद श्रेष्ठ र राजेन्द्र शाह छन् ।

मुख्य सहायक निर्देशक शम्भु गौतम र किशोर डंगोल तथा नरेन्द्रकुमार केसी सहनिर्देशक रहेको यस चलचित्रलाई दिपेन बस्न्यातले छायांकन एवं सम्पादन गरेका छन् । चलचित्रमा योगेन्द्र श्रेष्ठको द्वन्द्व छ भने सुनिलप्रसाद श्रेष्ठ निर्माण नियन्त्रक हुनुहुन्छ । चलचित्रका गीतमा श्रीपुरुष ढकालको शब्द रचना, रोशन बालुवाको संगीत एवं स्वर रहेको छ ।

जाँडले समाजमा कस्तो बदनाम हुन्छ । घरमा कस्तो असर पर्छ । जाँड खाने पुरुषलाई श्रीमती, छोराछोरी र समाजले हेर्ने दृष्टिकोण कस्तो रहन्छ भन्ने विषयवस्तु चलचित्रमा उठाइएको निर्देशक राजुले बताए ।

यस्तै, निर्माता सुनिलले चलचित्रले वंश धान्न समाजमा छोरा नै चाहिन्छ भन्ने सोचलाई उजागर गर्दै समाजमा जकडिएर रहेको कुसंस्कारका विरुद्ध आवाज उठाएको बताए ।

नेपाली चलचित्र क्षेत्रका चर्चित नृत्य निर्देशक शाहले यसअगाडि ‘नमस्ते नेपाल’ लगायतका चलचित्र निर्देशन गरेका थिए । चलचित्रलाई द पिक स्टुडियोमा पोष्ट प्रोडक्सन गरिएको छ भने पोष्टर डिजाइनमा आइडिएल रहेको छ । चलचित्रको वितरकमा एनसिजिएन रहेको छ ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  १० : ३३ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न