चेन्नईमाथि राजस्थानको ८ विकेटको जित : १५ बलमै सूर्यवंशीको अर्धशतक « Khabarhub

चेन्नईमाथि राजस्थानको ८ विकेटको जित : १५ बलमै सूर्यवंशीको अर्धशतक


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवा ओपनर वैभव सूर्यवंशीको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्समाथि ८ विकेटको सहज जित निकालेको छ ।

गुवाहाटीमा सोमबार भएको खेलमा चेन्नईले प्रस्तुत गरेको १२८ रनको सामान्य लक्ष्य राजस्थानले मात्र १२.१ ओभरमा २ विकेट गुमाएर पछ्यायो । राजस्थानको जितमा १५ वर्षीय युवा ब्याटर सूर्यवंशी नायक बने । उनले मात्र १५ बलमा अर्धशतक प्रहार गर्दै कीर्तिमान रचे । कुल १७ बलको सामना गरेका उनी ५२ रन जोडेर आउट भए ।

अर्का ओपनर यशस्वी जैसवाल ३८ रनमा अविजित रहे भने ध्रुव जुरेलले १८ रनको योगदान दिए । कप्तान रियान पराग १४ रनमा नटआउट रहे । चेन्नईका अन्शुल कम्बोजले २ विकेट लिए पनि त्यो हार टार्न पर्याप्त भएन ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले सुरुदेखि नै खराब प्रदर्शन गरेको थियो । टोलीले मात्र ३८ रन जोड्दा ४ शीर्ष विकेट गुमाइसकेको थियो । सन्जु सामसन र रुतुराज गायकवाड समान ६–६ रनमा आउट भए भने आयुष म्हात्रे डकआउट भए । म्याट शर्टले पनि २ रनभन्दा बढी जोड्न सकेनन् ।

मध्यक्रममा सरफराज खान (१७), कार्तिक शर्मा (१८) र शिवम दुबे (६) सस्तैमा समेटिएपछि चेन्नई ७४–७ को संकटपूर्ण स्थितिमा पुगेको थियो । तल्लो क्रमका जेमी ओभरटनले ४३ रनको संघर्षपूर्ण इनिङ्स खेलेपछि चेन्नईले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनाएको थियो ।

राजस्थानका जोफ्रा आर्चर, नान्द्रे बर्गर र रवीन्द्र जडेजाले २–२ विकेट लिए । ब्रिजेश शर्मा, सन्दीप शर्मा र रवि विष्नोईको नाममा १–१ विकेट रह्यो ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ६ : १० बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्