बुधबार बस्ने संसद्को पहिलो बैठकले सभामुख चयन प्रक्रिया अघि बढाउने « Khabarhub

बुधबार बस्ने संसद्को पहिलो बैठकले सभामुख चयन प्रक्रिया अघि बढाउने

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संघीय संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान भए लगत्तै सचिवालयले सर्वदलीय बैठक बोलाएको हो।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि बुधबार दिउँसो २ बजे प्रतिनिधिसभाको पहिलो बैठक बस्दैछ । सदन सुरु हुनु अगाडि सर्वदलीय बैठक बुधबार दिउँसो १ बजे बस्न लागेको हो ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सर्वदलीय बैठकमा संसद्‍मा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधि, सरकारका मन्त्री र सचिवालयका अधिकारी सहभागी हुनेछन् ।

बुधबार बस्न लागेको प्रतिनिधिसभाको पहिलो बैठकमा सभामुख निर्वाचनको प्रक्रिया अगाडि बढाउनेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १८२ सिटसहित संसदमा सबैभन्दा ठुलो दल बनेको छ । संसदको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची समेत तय गरिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ११ : २२ बजे

काठमाडौं महानगरले दश वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाका ३२ वडामध्ये १० वटा वडाबाट भूमि प्रशासन

२०४८ सालयताका उच्चपदस्थको सम्पत्ति छानबिन : को-को छन् अनुसन्धानको राडारमा ?

नेपाल सरकारले पुनः स्थापना भएयता सार्वजनिक पदमा बसेका राजनीतिक नेता,

रविले निवासमै बोलाएर किन भेटे दुई मधेशवादी नेताहरूलाई ?

काठमाडौं- बालेन्द्र शाहलाई प्रधानमन्त्री पद जिम्मा लगाएपछि फुर्सद भएका राष्ट्रिय

लेबनानका स्वास्थ्य केन्द्रहरूमा आक्रमण जारी 

एजेन्सी– लेबनानका स्वास्थ्य केन्द्रहरूमा  निरन्तर आक्रमण निरन्तर जारी रहेको संयुक्त

भारतीय प्रधानमन्त्री मोदी र नेदरल्यान्ड्सका समकक्षीबीच पहिलो पटक वार्ता

नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेदरल्यान्ड्सका प्रधानमन्त्री रोब जेत्तेनबीच