बुधबार बस्ने संसद्को पहिलो बैठकले सभामुख चयन प्रक्रिया अघि बढाउने « Khabarhub

बुधबार बस्ने संसद्को पहिलो बैठकले सभामुख चयन प्रक्रिया अघि बढाउने

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संघीय संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान भए लगत्तै सचिवालयले सर्वदलीय बैठक बोलाएको हो।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि बुधबार दिउँसो २ बजे प्रतिनिधिसभाको पहिलो बैठक बस्दैछ । सदन सुरु हुनु अगाडि सर्वदलीय बैठक बुधबार दिउँसो १ बजे बस्न लागेको हो ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सर्वदलीय बैठकमा संसद्‍मा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधि, सरकारका मन्त्री र सचिवालयका अधिकारी सहभागी हुनेछन् ।

बुधबार बस्न लागेको प्रतिनिधिसभाको पहिलो बैठकमा सभामुख निर्वाचनको प्रक्रिया अगाडि बढाउनेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १८२ सिटसहित संसदमा सबैभन्दा ठुलो दल बनेको छ । संसदको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची समेत तय गरिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ११ : २२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली