इरान द्वन्द्वको अवरोधबीच ऊर्जा बजार स्थिर गर्न जी–७ « Khabarhub

इरान द्वन्द्वको अवरोधबीच ऊर्जा बजार स्थिर गर्न जी–७


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

टोकियो– सात राष्ट्रको समूह (जी–७) ले सोमबार इरानमा चलिरहेको युद्धको बीचमा विश्वव्यापी ऊर्जा बजार स्थिर गर्न आवश्यक उपायहरू अबलम्बन गर्न तयार रहेको घोषणा गरेको क्योडो न्यूजले जनाएको छ ।

 वर्तमान समयमा ऊर्जा आपूर्तिमा अवरोधहरू कम गर्न यो निर्णय आएको जनाइएको छ भने लामो द्वन्द्व र हर्मुज बन्दका कारण ऊर्जाको मूल्य आकासिएको छ ।

अर्थ मन्त्रीहरू, ऊर्जा मन्त्रीहरू र केन्द्रीय ब्याङ्कका गभर्नरहरूको भर्चुअल बैठक पछि जारी गरिएको विज्ञप्तिमा जी–७ ले रूस– युक्रेन युद्धका कारण रूसमाथि लगाएको प्रतिवन्द जारी राख्ने जनाएको छन् । 

क्योडो न्यूजका अनुसार जी–७ समूहले अन्तर्राष्ट्रिय साझेदारहरूसँग आवाश्यक समन्वय कायम गर्ने प्रतिज्ञा गर्दै पेट्रोलियम उत्पादनहरूको अन्यायपूर्ण निर्यात प्रतिबन्ध नलगाउन आग्रह गरेको छ ।

जापानका उद्योग मन्त्री रियोसेई अकाजावालाई उदृत गर्दै अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) द्वारा रणनीतिक तेल भण्डारको अतिरिक्त आपूर्तिका लागि तयारी भइरहेको जनाएको छ ।

जापानका अर्थमन्त्री सात्सुकी कातायामाले क्योडो न्यूजलाई उद्धृत गर्दै बढ्दो कच्चा तेलको मूल्यले विदेशी मुद्रा बजारलाई असर गर्नुका साथै जन–जीवन र अर्थतन्त्रलाई खतरामा पार्न सक्ने चेतावनी दिएकी छन् ।  

इरानमा अमेरिका र इजरायलको संयुक्त आक्रमण पछि पश्चिम एसियामा द्वन्द्व चर्किए पछि, इरानी सेनाहरूले विश्वव्यापी तेल ढुवानीको लागि एक महत्त्वपूर्ण स्थान हर्मुज अवरुद्ध गरेपछि आपूर्ति अवरोध र कच्चा मूल्यमा वृद्धि भएको छ । रासस
 

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  १२ : १७ बजे

इन्डोनेसियामा डुङ्गा डुब्दा फसेका चालक दलका सबै सदस्यको जीवितै उद्धार

जकार्ता– इन्डोनेसियाको उत्तरी मालुकु प्रान्तको तालियाबुमा डुङ्गा डुब्दा फसेका २१

यस्तो देखियो कांग्रेस देउवा समूहको भेला (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसमा दुई समूहको झगडा सतहमा आएको छ। फागुन २१

गृहमन्त्री र सशस्त्र प्रहरीबीच छलफल, विपद् व्यवस्थापनदेखि सीमाक्षेत्रको तस्करी र अपराध मूल एजेन्डा

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरीका अधिकारीहरूबीच हलचोकमा छलफल

फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा

एजेन्सी– फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति ‘डोनाल्ड जे ट्रम्प

गगनबाट टिकट लिएका शेखर पनि देउवा समूहको भेलामा मिसिए

काठमाडौं- मंगलबार मध्याह्नदेखि काठमाडौं सुरू भएको नेपाली कांग्रेस शेरबहादुर देउवा