काठमाडौं– ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयमा प्लास्टिकको झोला निषेध गरेका छन् ।
श्रेष्ठले आजबाट लागू हुने गरी आफू मातहतको मन्त्रालयमा प्लास्टिकको झोला निषेध गरेका हुन् ।
‘मन्त्रालय भित्र प्लास्टिकको सामग्रीको प्रयोग गर्न रोक लगाइएको छ।’ उनको सचिवालयले भन्यो,’आजदेखि लागू हुने गरी यो गरिएको हो । स्वच्छ वातावरण र मन्त्रालयको मर्यादालाई ख्याल गरेर यसको निर्णय गरेका हौँ।’
श्रेष्ठ २०७९ को निर्वाचन पछाडि खेलकुदमन्त्री भएका थिए ।













प्रतिक्रिया