बादलको अध्यक्षतामा एमालेको बैठक, महेश भन्छन् : विरोधका थप कार्यक्रम तय गर्छौँ « Khabarhub

बादलको अध्यक्षतामा एमालेको बैठक, महेश भन्छन् : विरोधका थप कार्यक्रम तय गर्छौँ


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गत शनिबार पक्राउ परेपछि दोस्रोपटक पार्टी सचिवालय बैठक बसिरहेको छ।

गत शनिबार भक्तपुरको गुन्डुबाट पक्राउ परेका अध्यक्ष ओली अहिले त्रिवि शिक्षण अस्पतालमा छन् ।

उनी पक्राउ परेलगत्तै उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा एमालेको सचिवालय बैठक बसेको थियो।

त्यसपछि विकसित राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न मंगलबार मध्याह्न पनि सचिवालय बैठक बसिरहेको छ।

बैठकस्थल च्यासलबाट एकजना सचिवालय सदस्यले दिएको जानकारीअनुसार बादलको अध्यक्षतामा बसिरहेको बैठकले विरोधका थप कार्यक्रम तय गर्न सक्नेछ ।

यस बैठकमा एमाले संसदीय दलको नेताबारे पनि छलफल गर्न सक्ने बताइन्छ। यस्तै गत भदौको जेन-जी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ तत्कालीन प्रधानमन्त्री ओली लगायत नेताहरूमाथि सरकारको छानबिन र प्रतिशोधबारे पनि कुराकानी भइरहेको सचिव महेश बस्नेतले बताए ।

बस्नेतले ओलीलाई गरिएको पक्राउविरुद्ध थप विरोधका कार्यक्रम सचिवालयले तय गर्ने बताए । ‘अध्यक्ष केपी शर्मा ओली विरुद्ध भइरहेको प्रतिशोधपूर्ण गतिविधिको विरोधमा थप कार्यक्रम तय गर्न एमाले सचिवालय बैठक बसिरहेको छ’, उनले भने ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  १२ : ५९ बजे

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा डेनियल

न्यून गुणस्तरको टिलसेट इन्जेक्सन बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले टिलसेट नामक इन्जेक्सनको एक ब्याच न्यून

गोविन्द केसीसँग संवाद जारी छ : शिक्षामन्त्री

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायीका लागि

परराष्ट्रले भन्यो- अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० जना नेपालीको उद्धार गर्‍यौँ

काठमाडौं– परराष्ट्र मन्त्रालय मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण सो क्षेत्रमा रहेका

राहुल गान्धीको आक्रोश : धर्मेन्द्र प्रधान अपराधी शिक्षामन्त्री हुन्, हटाउनै पर्छ

काठमाडौं । भारतमा नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर विपक्षी दल