भारतीय प्रधानमन्त्री मोदी र नेदरल्यान्ड्सका समकक्षीबीच पहिलो पटक वार्ता « Khabarhub

भारतीय प्रधानमन्त्री मोदी र नेदरल्यान्ड्सका समकक्षीबीच पहिलो पटक वार्ता


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेदरल्यान्ड्सका प्रधानमन्त्री रोब जेत्तेनबीच पहिलो पटक टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा पश्चिम एसियामा शीघ्र शान्ति स्थापना गर्नुपर्नेमा दुवै नेताले जोड दिएका छन्।

सोमबार भएको उक्त कुराकानीमा दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो। हालै प्रधानमन्त्री बनेका जेत्तेनसँग मोदीको यो पहिलो संवाद हो।

पछिल्ला वर्षहरूमा भारत र नेदरल्यान्ड्सबीच पानी व्यवस्थापन, स्वास्थ्य, स्वच्छ ऊर्जा, रक्षा तथा सुरक्षालगायत क्षेत्रमा सहकार्य विस्तार हुँदै आएको छ।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत पश्चिम एसियाको अवस्थाबारे छलफल गर्दै क्षेत्रीय शान्ति र स्थायित्व चाँडो पुनःस्थापना हुनुपर्नेमा जोड दिएको बताएका छन्।

यसका साथै सेमिकन्डक्टर, ठूला जल परियोजना, हरित हाइड्रोजन र दक्ष जनशक्ति आदानप्रदानका क्षेत्रमा सहकार्यको सम्भावना औंल्याइएको उनले उल्लेख गरेका छन्।

भारतले पश्चिम एसिया मा जारी द्वन्द्व अन्त्यका लागि संवाद र कूटनीतिलाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै आएको छ।

यसका साथै ऊर्जा तथा अन्य वस्तुको आपूर्ति अवरुद्ध नहोस् भन्ने उद्देश्यले हर्मुज जलडमरूमध्य खुला राख्नुपर्नेमा पनि जोड दिँदै आएको छ।

प्रधानमन्त्री जेत्तेनले पनि सामाजिक सञ्जालमार्फत भारत–नेदरल्यान्ड्स सम्बन्ध थप मजबुत हुँदै गएको बताएका छन्।

उनले रक्षा, पानी व्यवस्थापन, नवप्रवर्तन र व्यापारलगायत क्षेत्रमा रणनीतिक साझेदारी विकास भइरहेको उल्लेख गरेका छन्।

साथै युरोपेली संघ र भारतबीच महत्वपूर्ण व्यापार सम्झौता सम्पन्न भएको जानकारी दिँदै उनले वर्तमान विश्व परिस्थितिमा सहकार्य थप सुदृढ बनाउने समय आएको बताएका छन्।

जेत्तेनले प्रधानमन्त्री मोदीलाई निकट भविष्यमै नेदरल्यान्ड्स भ्रमणको निम्तोसमेत दिएका छन्।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  १ : १७ बजे

एमाले सांसदहरूले ओलीलाई रिहा गर्नु भन्दा केही बोलेनन् प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार पनि प्रदेशगत रुपमा सांसदहरूसँग छलफल

शासकीय सुधारका कार्यसूची : एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली

काठमाडौं– सरकारको कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन मन्त्रिपरिषद्बाट

जरूरी आयोजनालाई प्राथमिकता दिएर अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले अत्यन्त जरुरी आयोजनाहरूलाई प्राथमिकताका आधारमा अघि

संविधान संशोधनको जिम्मा पाएका अशिम कुनै बेला भन्थे, ‘राजा आऊ, देश बचाऊ’

काठमाडौं- अशिम शाह अहिले प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार

मध्यपूर्व तनाव चर्किँदै, क्षेत्रीय सुरक्षालाई गम्भीर चुनौती

एजेन्सी– मध्यपूर्वमा फैलिएको युद्ध बहुआयामिक र थप जटिल बन्दै गएको