इन्डोनेसियामा डुङ्गा डुब्दा फसेका चालक दलका सबै सदस्यको जीवितै उद्धार « Khabarhub

इन्डोनेसियामा डुङ्गा डुब्दा फसेका चालक दलका सबै सदस्यको जीवितै उद्धार


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जकार्ता– इन्डोनेसियाको उत्तरी मालुकु प्रान्तको तालियाबुमा डुङ्गा डुब्दा फसेका २१ जना चालक दलका सदस्यहरूको संयुक्त खोजी र उद्धार टोली (एसएआर) ले जीवित उद्धार गरेको स्थानीय अधिकारीहरूले मंगलबार बताएका छन् ।

जिवित व्यक्तिहरू र एसएआर कार्यालयको समन्वयमा पालु खोजी र उद्धार कार्यालयबाट एसएआर टोलीले स्थानीय समय अनुसर विहान लगभग ०८ः२४ मा दक्षिण बोलाङ मोङ्गोन्डो, उत्तरी सुलावेसीको पानीमा बगिरहेको डङ्गा फेला पारेको जनाइएको छ । 

माछा मार्ने डुङ्गामा रहेका २१ जना मध्ये एकजना क्याप्टेन, एकजना चिफ इन्जिनियर र १९ जना चालक दलका सदस्यहरू रहेको पालु एसएआर अफिसका प्रमुख मुह रिजालले बताएका छन् ।  सबै सदस्यहरूलाई सुरक्षित फेला परे पछि एसएआर सञ्चालन हाललाई बन्द गरिएको  उनले बताए ।

रिजालले सबै मानिसहरूलाई उद्धार गरि स्वास्थ्य जाँचका लागि स्थानीय अस्पतालमा  लगिएको बताए । 

यस अघि आइतबार साँझ तालियाबु टापुबाट केमा गाउँ प्रस्थान गरे पछि उक्त डुङ्गा डुबेको रिपोर्ट गरिएको थियो भने डुङ्गामा रहेका सबै यात्रुहरू बेपत्ता भएको पालु खोजी र उद्धार कार्यालयले जनाएको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  २ : २२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली