काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार ललितपुरको गोदावरी नगरपालिका–१९ बस्ने ३८ वर्षीय रिजेन नगरकोटीले न्युजिल्यान्ड पठाइदिने बहानामा १६ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा उनलाई आज पक्राउ गरिएको हो ।
अभियुक्तलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।













प्रतिक्रिया