औलो र कालाजार नियन्त्रणका लागि विषादी छिट्न सुरु « Khabarhub

औलो र कालाजार नियन्त्रणका लागि विषादी छिट्न सुरु


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टीकापुर– कैलालीमा औलो र कालाजार तथा अन्य कीटजन्य रोग नियन्त्रणका लागि विषादी छिट्न थालिएको छ । विषादी छिट्काउ अभियानअन्तर्गत कैलालीका सयौँ घरमा विषादी छिट्ने जनाइएको छ ।
 
धनगढीबाट सुरु भएको सो अभियानअन्तर्गत टीकापुरका औलो तथा कालाजारका बिरामी भएका घर र छिमेकमा विषादी छिट्ने काम सम्पन्न भइसकेको छ । टीकापुरका नौ घरमा औलोका बिरामी रहेकाले प्राविधिकको सहयोगमा विषादी छम्केको स्वास्थ्य कार्यालयका सूचना अधिकारी मीनबहादुर धामीले जानकारी दिए । 

‘स्वास्थ्य कार्यालय कैलालीले औलो, कालाजार तथा अन्य कीटजन्य रोग नियन्त्रणका लागि विषादी छिट्काउ अभियान सञ्चालन गरेको हो । यहाँका विभिन्न प्रभावित तथा सम्भावित महामारी क्षेत्रहरूमा कार्यक्रम सञ्चालन भइरहेको छ’, उनले भने, ‘चालु आर्थिक वर्षको साउनदेखि हालसम्म औलो तथा कालाजारका बिरामी देखिएका स्थान वरपर विषादी छिट्न थालिएको हो ।’

उनका अनुसार कैलालीमा १०४ जना औलो तथा कालाजारका बिरामी भेटिएका छन् भने सयौँ घरमा विषादी छिट्ने कार्यक्रम रहेको छ ।

सरकारले औलो तथा कालाजारलाई सन् २०२८ सम्म र मलेरियालाई सन् २०३० सम्म निवारण गर्ने लक्ष्य लिएको छ । स्वास्थ्य संस्थाले यी रोग निवारणका लागि परीक्षणको दायरा विस्तार गर्ने, रोग पहिचान गर्ने, तथ्यांक यकिन गर्ने, बिरामीको उपचार गर्ने, ‘केस–बेस सर्भिलेन्स’ तथा प्रतिकार्यात्मक गतिविधि सञ्चालनलाई प्राथमिकता दिएको छ ।

महिला स्वास्थ्य स्वयम्सेविका सुशीला विकले विपन्न समुदायमा विभिन्न समस्याले मलेरियाको जोखिम रहेकाले विषादी छिट्ने काम बिरामी देखिएका घरमा मात्र नभई गाउँभरि नै छिट्ने व्यवस्था मिलाउन माग गरे।  

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ३ : ३९ बजे

ग्लोबल आइएमई बैंकले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन

खेल क्षेत्रमा चुनौती-अवसर दुवै छ, काम गरेर देखाउनुपर्छ : मन्त्री पोखरेल

काठमाडौं– युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुदप्रति युवालाई आकर्षित गर्नुपर्नेमा

प्रधानमन्त्रीको अफिसियल फोटोमा पनि कालो चस्मा

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको अफिसियल्ली फोटो सार्वजनिक गरिएको छ ।

मध्य इरानमा सैन्य स्थलमा आक्रमण

तेहरान– मध्य इरानको इस्फहान प्रान्तमा केही सैन्य स्थलमा आक्रमण हुँदा

प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा नेपाल