प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी « Khabarhub

प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई छ विकेटले पराजित गरेको छ । 

आज वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा सुरुआती ब्याटिङ गरेको कोशी प्रदेशले ४२ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १६२ रन जोडेको थियो । कोशी प्रदेशका सुजन थपलियाले ४८ रन र सुमन श्रेष्ठले ४३ रन जोडेका थिए । नेपाल पुलिस क्लबका दिनेश खरेलले पाँच विकेट र सागर ढकालले दुई विकेट लिएका थिए । 

जबाफी ब्याटिङमा उत्रिएको नेपाल पुलिस क्लबले ३३ दशमलव पाँच ओभरमा चार विकेटको क्षतिमा १६५ रन जोडेको थियो । नेपाल पुलिस क्लबको जितमा मोहम्मद आरिफ शेखले ८१ रन, रसिद खानको ७३ रन जोडेका थिए । 

कोशी प्रदेशका विपिनकुमार महतोले दुई विकेट र दीपेश कँडेलले एक विकेट लिएका थिए । आजको खेलमा नेपाल पुलिस क्लबका दिनेश खरेल ‘म्यान अफ दी म्याद’ घोषित भएका छन् । 

प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताका विजेता टोलीले रु १० लाख र उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ४ : ५३ बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्