कांग्रेसले सबै क्षेत्रमा निर्वाचन समीक्षा कार्यक्रम चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी « Khabarhub

कांग्रेसले सबै क्षेत्रमा निर्वाचन समीक्षा कार्यक्रम चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले सातै प्रदेशमा फागुन २१ गतेको चुनावी समीक्षा कार्यक्रम चलाउने भएको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सातै प्रदेशमा निर्वाचन समीक्षा र पार्टीको आगामी बाटो निर्धारणका लागि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।

पार्टीले १६५ निर्वाचन क्षेत्रका उम्मेदवारहरूसँग समिक्षात्मक छलफल गर्दै केन्द्रीय प्रतिनिधिको उपस्थितिमा क्षेत्रगत अध्ययन र समीक्षा गर्ने भएको महामन्त्री प्रदीप पौडेलले बताए।

कार्यक्रमलाई प्रभावकारी बनाउन सम्बन्धित प्रदेश कार्यसमितिका सभापतिको समन्वयमा केन्द्रीय कार्यसमितिका सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, जिल्ला सभापति, प्रतिनिधि सभा क्षेत्रीय सभापति, प्रदेश सभा सदस्य, प्रदेश सभा क्षेत्रीय सभापति र उम्मेदवारलाई सहभागी गराइने भएको छ।

कार्यक्रम तालिका

  • कोशी प्रदेश: विराटनगर, २०८२ चैत्र २३, संयोजक: डा. डिला संग्रौला पन्त
  • मधेश प्रदेश: जनकपुर, २०८२ चैत्र २५, संयोजक: श्री फरमूल्लाह मंसुर
  • बागमती प्रदेश: हेटौडा, २०८३ वैशाख ७, संयोजक: श्री बहादुर सिंह लामा
  • गण्डकी प्रदेश: पोखरा, २०८२ चैत्र २७, संयोजक: श्री देवराज चालिसे
  • लुम्बिनी प्रदेश: दाङ, २०८२ चैत्र २९, संयोजक: श्री योगेन्द्र चौधरी
  • कर्णाली प्रदेश: सुर्खेत, २०८३ वैशाख ३, संयोजक: श्री कर्णबहादुर बुढा
  • सुदूरपश्चिम प्रदेश: कैलाली, २०८३ वैशाख ५, संयोजक: श्री प्रकाश रसाइली स्नेही

पार्टीले यस कार्यक्रममार्फत् निर्वाचन अनुभवको समीक्षा गर्दै भविष्यका रणनीति निर्माण गर्ने उद्देश्य राखेको महामन्त्री पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ५ : ३६ बजे

किसानलाई मलखाद दिन नसकेको भन्दै प्रभु साहले मागे कृषिमन्त्रीको राजीनामा

कलैया– आम जनता पार्टी (आजपा)का अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले

मोदीको पहलपछि सरकार र ककरोच जनता पार्टीबीच वार्ता

काठमाडौं- प्रधानमन्त्री नरेन्द्र मोदीको पहलपछि भारत सरकार र ककरोच जनता

मोदीको पहलपछि सरकार-कक्रोच वार्ता

नयाँदिल्ली– भारतमा परीक्षा प्रणालीमा देखिएका अनियमितता र प्रश्नपत्र चुहावटविरुद्ध जारी

इबोला प्रकोपले बढायो विश्व चिन्ता, दुई महिनामै एक हजारभन्दा बढी मानिसको गयो ज्यान

अबुजा– कङ्गोमा फैलिएको इबोला प्रकोपले दुई महिनाभन्दा केही बढी अवधिमै

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

काठमाडौं– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४