इरान मुद्दामा बेलायतप्रति ट्रम्पको असन्तुष्टि, सैन्य सहयोग नदिएको भन्दै आलोचना « Khabarhub

इरान मुद्दामा बेलायतप्रति ट्रम्पको असन्तुष्टि, सैन्य सहयोग नदिएको भन्दै आलोचना


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – डोनाल्ड ट्रम्पले इरानसँगको सैन्य कारबाहीका क्रममा बेलायतले अपेक्षित साथ नदिएको भन्दै कडा असन्तुष्टि जनाएका छन्। उनले केयर स्टाररको निर्णयलाई ठूलो गल्ती भन्दै आलोचना गरेका छन्।

इरानसँगको तनाव सुरु भएपछि बेलायतले अमेरिकी सेनालाई डिएगो गार्सियास्थित संयुक्त सैन्य अड्डाबाट आक्रमण सञ्चालन गर्न अनुमति दिन अस्वीकार गरेको थियो। ट्रम्पले यस निर्णयप्रति असन्तुष्टि जनाउँदै हामीलाई आवश्यक पर्दा त्यो अड्डा प्रयोग गर्न दिइएन भनेका छन्।

ट्रम्पले बेलायती युद्धपोतलाई समेत खेलौना जस्तो भन्दै टिप्पणी गरेका थिए। साथै उनले स्टार्मरलाई ‘असल व्यक्ति भए पनि सहयोग नगरेको’ आरोप लगाएका छन्। यसअघि पनि उनले स्टार्मर विन्स्टन चर्चिल जस्तो नेतृत्व नभएको’ टिप्पणी गरेका थिए।

अमेरिकाले इरानविरुद्ध प्रारम्भिक आक्रमणका लागि बेलायतका हवाई अड्डा प्रयोग गर्न अनुमति मागेको थियो। तर, बेलायत सरकारले त्यसबेला अस्वीकार गरेको बताइएको छ। यद्यपि पछि भने बेलायतले रक्षात्मक प्रकृतिका अमेरिकी कारबाहीका लागि आफ्ना अड्डा प्रयोग गर्न अनुमति दिएको जनाएको छ।

यस घटनाले अमेरिका–बेलायत सम्बन्धमा कूटनीतिक तनाव बढेको आँकलन गरिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ६ : ०४ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले