कांग्रेसमा चर्किँदै आन्तरिक द्वन्द्व : देउवा समूहले भन्यो, ‘गगन थापालाई सभापति मान्दैनौँ’ « Khabarhub

कांग्रेसमा चर्किँदै आन्तरिक द्वन्द्व : देउवा समूहले भन्यो, ‘गगन थापालाई सभापति मान्दैनौँ’

समानान्तर अभ्यासले कोर्दैछ विभाजनको रेखा


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको चौधौँ महाधिवेशनबाट सभापति बनेका शेरबहादुर देउवा नेतृत्वको समूहले समानान्तर गतिविधि तीव्र पारेको छ ।

निवर्तमान सभापति देउवा विदेशमा रहे पनि कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा मंगलबार काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्टमा उक्त समूहको भेला सुरु भएको छ ।

फागुन २१ गतेको चुनावी परिणामपछि पार्टी फुट्ने आशंका बढिरहेका बेला चौधौँ महाधिवेशनबाट निर्वाचित १२३ जना केन्द्रीय कार्यसमिति सदस्यहरू भेलामा सहभागी भएका दाबी गरिएको छ।

मंगलबारदेखि सुरू भएको भेलामा अहिलेसम्म १५ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिसकेका नेता मानबहादुर नेपालीले बताए । बैठकमा जम्मा १२३ जना केन्द्रीय कार्यसमिति सदस्य सहभागी भएको बताइएको छ ।

विशेष महाधिवेशन नाटकमात्रै

भेलामा सहभागी चौधौँ महाधिवेशनका केन्द्रीय कार्यसमिति सदस्य मानबहादुर नेपालीले पुसमा भएको विशेष महाधिवेशनलाई ‘नाटक’ भनेका छन् ।

उनले गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई कुन शक्तिले चलायो भन्दै प्रश्न गरे । ‘उहाँहरू शक्ति केन्द्रको इशारामा चलेर कांग्रेसको एउटा पंक्तिलाई पाखा लगाउने कदमले फागुन २१ को चुनावमा नराम्रो हार भएको छ,’ नेपालीले बैठकमा भने ।

नेता नेपालीले चुनावमा होमिने भएपछि आफूहरूले आन्तरिक विषय थाती राखेको दाबी गरे ।

‘निर्वाचन आयोगले गगन थापाहरूलाई वैधता दिएपछि फागुन २१ गतेको निर्वाचन नसकुञ्जेल हामीले पार्टीको आन्तरिक विषयलाई थाती राखेर बसेका थियौँ’, उनले भने, ‘तर यसबीचमा गगन-विश्वप्रकाश शर्माले वार्ता, संवाद र सहमतिको कुनै पहल गर्नु भएको छैन । उहाँहरू जुन शक्तिको इशाराबाट काम गर्नु भएको छ, त्यो ठीक भएन ।’

आन्तरिक संघर्ष चर्काउने चेतावनी

नेपालीले अझै पनि लापरवाही, बलमिच्याइँ र पेलेर जान खोजे आन्तरिक संघर्ष चर्काउने चेतावनी दिए । ‘अहिले हाम्रा केन्द्रीय कार्यसमितिका साथीहरूलाई मनोवैज्ञानिक दबाब दिने, तर्साउने र धम्की दिने काम भइरहेको छ,’ उनले भने ।

नेता नेपालीले पार्टीले चुनावमा सर्वनास हार बेहोरेका बेला गगन समूह गम्भीर हुनुपर्नेमा जोड दिए ।

समानुपातिक सूचीमा तोडमोड

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भेलामा समानुपातिक उम्मेदवार चयनबारे चर्चा गरेका छन् । उनले विशेषका सभापति गगन थापाले समानुपातिक सूचीमा तोडमोड गरेको र मौजुदा कानुन मिचेको आरोप लगाए ।

‘पिछडिएको क्षेत्रबाट महिला र पुरुष पठाउनुपर्नेमा एकजना पुरुष मात्र पठाइएको छ । उहाँले यो ठीक गर्नु भएको छैन,’ खड्काले बैठकमा बताए ।

गगनलाई सभापति नमानेको जिकिर

भेलामा सहभागी नेताहरूले सर्वोच्च अदालतले पार्टीको आधिकारिकताबारे अन्तिम फैसला नदिँदासम्म गगन थापालाई सभापति नमानेको प्रष्ट पारेका छन् ।

‘कांग्रेसको प्रचलित नियम र विधानलाई मिचेर गगन थापाले फागुन २१ को निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाममा हस्ताक्षर गरेका हुन्’, नेपालीले अगाडि भने, ‘अदालतको फैसलापछि हामी ठोस निर्णय गरेर अघि बढ्छौँ ।’

बैठकमा सहभागी नेताहरूले पनि यही कुरा राखेको जानकारी नेपालीले दिएका छन् ।

वैधता बहस

नेताहरूले विशेष महाधिवेशन नियमित महाधिवेशनको कार्यतालिका मिचेर बलजफ्ती गरिएको बताए । ‘हामी त खासमा निर्वाचनमा जानुपर्ने थियो । तर उहाँहरूले गलत गर्नु भयो । यति हुँदा हुँदै पनि हामीले रुखलाई भोट माग्ने हो भनेर चुनावी अभियानमा गयौँ,’ नेपालीले उल्लेख गरे ।

नेताहरूले बोल्ने क्रम जारी रहेकाले धुम्बाराही भेला बुधबार पनि चल्नेछ। देउवा समूहले आन्तरिक छलफललाई थप तीव्रता दिने बताएसँगै कांग्रेसमा विभाजनको रेखा झनै गहिरिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ६ : २४ बजे

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता

होटलमा युवती मृत फेला, सञ्चालक फरार

महेन्द्रनगर– धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको

किमाथांका अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण

किमाथांका– किमाथांका अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई १८ करोड बढी मुआब्जा

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

डुम्रे– तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु