बुढीगंगा गोल्ड कप फुटबल प्रतियोगिता चैत्र २१ देखि २७ सम्म « Khabarhub

बुढीगंगा गोल्ड कप फुटबल प्रतियोगिता चैत्र २१ देखि २७ सम्म


१७ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोरङको बुढीगंगा गाउँपालिकामा पहिलो पटक बुढीगंगा गोल्ड कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । 

प्रतियोगिता आगामी चैत्र २१ गतेदेखि २७ गतेसम्म गाउँपालिका–२ स्थित अमाही खेल मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ । बुढीगंगा गाउँपालिकाको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा नेपाल र भारतका गरी ८ वटा टिमको सहभागिता रहनेछ । 

प्रतियोगितामार्फत युवाहरुलाई खेलकुदतर्फ आकर्षित गर्दै अनुशासित बनाउने र बुढीगंगालाई फुटबलको उर्वर भूमि बनाउने उद्देश्य राखिएको गाउँपालिका अध्यक्ष जीत नारायण थापामगरले जानकारी दिए ।

मंगलबार बुढीगंगामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापामगरले गोल्ड कपलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने योजना रहेको उल्लेख गरे । 

प्रतियोगिता सञ्चालनका लागि करिब ३९ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ५० हजार रुपैयाँ नगदसहित ट्रफी पाउनेछ ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार  ६ : ५९ बजे

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक